निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

उमा श्रेष्ठको तीज कोसेली ‘बारुले कम्मरको ठुम्का’

  •   १ वर्ष अघि | १२ साउन २०८२, आइतवार,     शरणप्रसाद हुमागाईं

शरण हुमागाईं

काठमाडौं/लोकप्रिय गायिका उमा श्रेष्ठको तीजको कोसेली ‘बारुले कम्मरको ठुम्का’ सार्वजनिक भएको छ । पछिल्लो समय भड्किलो खालको पर्व विशेष गीतहरुले बजारमा नकरात्मक सन्देश प्रवाह गरिरहेको बेला गायिका श्रेष्ठको उक्त गीतले मौलिकताको प्रतिनिधित्व गरेको छ । गीतमा चेलिबेटीका श्रृंगार, व्यवहार र संस्कारलाई प्रस्तुत गरिएको छ । असोककुमार सापकोटाको उत्कृष्ठ शव्द सृजनालाई नारायण दंगालको लय तथा संगीत संयोजनले अझै कर्णप्रिय बनाएको उक्त गीतमा उमा श्रेष्ठको स्वर रहेको छ । जुना कार्की र विमला थामीको जीवन्त अभिनय रहेको यो गीतको म्यूजिक भिडियोलाई संजिव ठकुरीले निर्देशन गरेका हुन भने मुकेश हुमागाईंले छांयाकन गरेका हुन् । उमा श्रेष्ठ युट्युव च्यानल मार्फत बजारमा आएको यो गीत गायिका उमा श्रेष्ठको अर्को मौलिक प्रस्तुती हो ।

हेर्नुहोस पूरा भिडियो

https://www.youtube.com/watch?v=5Bc4zUtUDT4&list=RD5Bc4zUtUDT4&start_radio=1

थप