भौतिक संरचनाको अभावले शतप्रतिशत मुद्दा फछ्र्यौट गर्ने सकेनौ- न्यायाधीश मोहनराज भट्टराई

  •   २ वर्ष अघि | ३१ असार २०७९, शुक्रबार,     एक्टिभ मिडिया संवाददाता

काभ्रे । जिल्ला अदालत काभ्रेपलान्चोकमा भौतिक संरचना अभावले मुद्दा फछ्र्यौट मा कमि भएको छ।


भौतिक संरचना को कमिले मुद्दा फछ्र्यौट मा ढिलाइ भएको न्यायाधीश मोहनराज भट्टराईले बताउनुभयो ।

अहिले दुइजना न्यायाधीश रहेका जिल्लामा भौतिक संरचना निर्माण  गरि अर्को एक जना न्यायाधीश थप गरि सेवा दिने हो भने ९५% प्रतिशत मुद्दा फछ्र्यौट हुने मोहनराज भट्टराईले बताउनुभयो ।

२०७९ आषाढ मसान्तसम्म लक्ष्यको तुलनामा फछ्र्यौट लक्ष्य ३८१ फछ्र्यौट प्रगति ३३१ रहेको छ।

जिल्ला अदालतका फैसला कार्यान्वयनमा देखिएका समस्याहरू विभिन्न छन्। 

प्रहरी कार्यालयबाट फैसला कार्यान्वयनको लागि छुट्टै प्रहरी कर्मचारी न्यून संख्यामा खटाएको कारण फैसला मा कमि आएको श्रेस्तेदार गोविन्द घिमिरेले बताउनुभयो ।

मुद्दाको प्रकृति अनुसार मुद्दाको कार्यविधि फरक फरक हुने पनि मोहराज भट्टराईले बताउनुभयो ।

४० प्रकारका निवेदन अदालतका कर्मचारी हरुले नि:शुल्क भर्ने व्यवस्था गरिएको छ।

काभ्रेपलान्चोक जिल्ला अदालतमा ६ जना कानुन व्यवसायी निःशुल्क सेवा दिनको लागि अदालतमा सुचिकृत रहेका छन्।

अदालतमा अभिलेख ब्यवस्थापन तर्फ

अभिलेख शाखामा १९७९ देखि हालसम्मका ४३९९७ मिशिल रहेका छन् ।

३१२१४ थान मिशिलको रेकर्ड अभिलेखको सफ्टवेयरमा प्रविष्ट गरिएको छ।

जिल्ला अदालतमा मिशिल स्क्यान गर्ने स्क्यानर नभएको हुदा उक्त कार्य शुरुवात गर्न सकिएको छैन ।तर यसबाट सबै मिशिलहरु जुनसुकै अदालतबाट स्क्यान गरि हेर्ने मिल्ने लक्ष्य रहेको कार्यक्रममा बताइएको छ।

थप