६७ औं प्रहरी दिवसमा काभ्रे प्रहरीको रक्तदान कार्यक्रम

  •   २ वर्ष अघि | २६ असोज २०७९, बुधबार,     एक्टिभ मिडिया संवाददाता

काभ्रे । जिल्ला प्रहरी कार्यलय काभ्रेले आज  “६७ औँ प्रहरी दिवस”को अवसर पारेर धुलिखेलको सरस्वती बजारमा रक्तदान कार्यक्रम गरेको छ।

 आज रक्तदान गर्ने व्यक्तिहरुको प्रयाप्त उपस्थिति रहेको थियो । जिल्लाको धुलिखेल स्थित सरस्वती बजारमा खुल्ला रक्तदान कार्यक्रम गरी प्रहरी दिवस मनाइएको र लामखुट्टेको टोकाइबाट हुने डेङ्गो रोगले रगत अभाव भएकोले प्रहरी दिवसका दिन रक्तदान कार्यक्रम राखिएको  जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी चक्रराज जोशीले जानकारी दिनुभयो  ।  रक्तदान कार्यक्रममा  जिल्ला प्रशासन काभ्रे प्रमुख हुमकला पाण्डे, सहायक प्रमुख अमरदिप सुनुवार, लगायतका व्यक्तिको उपस्थिति थियोे । जिल्ला प्रहरी कार्यालय काभ्रेको आयोजना, जिवित फाउण्डेशन र नेपाल रेड्क्रस साेसाइटी बनेपा, काभ्रेको समन्वयमा भएको रक्तदान कार्यक्रममा ९० जनाले रक्तदान गरेका थिए ।

थप