निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

लागु औषध गाँजा सहित पनौती बाट एक जना मानिस पक्राउ

  •   ५ वर्ष अघि | २३ फाल्गुन २०७८, सोमवार,    

काभ्रेपलाञ्चोक। जिल्लाको पनौती नगरपालिका वडा नं ११ बाट गाँजा सहित एक जना पक्राउ परेका छन् ।

विभिन्न स्थानमा अवैध लागु औषध बिक्रि वितरण तथा सेवन कार्य दिनानुदिन वृद्धि भई आम जनमानसको सुरक्षामा समेत गम्भिर चुनौती बढ्दै गएको गुनासोलाई मध्यनजर गर्दै शान्ति सुरक्षामा सरोकार राख्ने स्थानिय तह, र प्रहरीको  सक्रियतामा सुक्ष्मरुपमा सुचना संकलन गरी कानूनी कारवाही गर्ने क्रममा प्रहरी चौकी खोपासीबाट खटिएको प्रहरी अधिकृत सहितको प्रहरी टोलीले पक्राउ गरेको हो।
 काभ्रेपलाञ्चोक जिल्ला पनौती नगरपालिका वडा नं. ११ थुम्की स्थित बस्ने ४५ बर्षका राम कृष्ण के.सी. को घरबाट लागु औषध सेवन तथा कारोवार गर्नका लागी संचित गरी लुकाई छिपाई प्याक गरी राखेको अवस्थामा ९ किलो ८०० ग्राम अबैध लागु औषध गाँजा फेला पारी राम कृष्ण के.सी. लाई कानुन बमोजिम पक्राउ गरी लागु औषध गाँजा मुद्दामा काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट म्याद थप अनुमती लिई आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

थप