निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

 जिल्लाका सुरक्षा निकायद्धारा काभ्रेमा विपद् व्यबस्थापन सम्बन्धी नाटकीय अभ्यास सम्पन्न 

  •   ५ वर्ष अघि | २२ फाल्गुन २०७८, आइतवार,    

काभ्रे । जिल्ला सुरक्षा समिति काभ्रेपलाञ्चोकको पहलमा जिल्ला स्थित रहेका सुरक्षा निकायहरुको विपद् व्यबस्थापन सम्बन्धी अभ्यास सम्पन्न भएको छ।
 तालिम प्राप्त सुरक्षाकर्मीहरुमा दैवि प्रकोप एवं विपद्को समयमा तदारुकताका साथ समन्वयात्मक भुमिका निर्वाह गर्दै विपद व्यवस्थापन कार्य संचालनका विभिन्न कलाहरुलाई सामुहिक रुपमा अभ्यास गरी उद्धारका निमिक्त सुरक्षा फौज हर हमेसा तयारी अवस्थामा रहनु पर्ने उद्देश्य अनुरुप डेमोससन सकिएको थियोे ।
डेमोसेसन देखाउनको लागि श्री कालिजंग गण, धुलिखेलको आयोजनामा जिल्ला प्रहरी कार्यालय धुलिखेल, श्री सशस्त्र प्रहरी बल १५ नं. गण पाँचखाल र नेपाल रेडक्रश सोसाईटी बनेपा काभ्रेपलाञ्चोकको सहकार्यमा   धुलिखेल रंगशालामा एक बिशेष कार्यक्रम आयोजना गरी विपद् न्यूनिकरण सम्बन्धी संयुक्त अभ्यास कार्यक्रम सम्पन्न भएको हो । 
 उक्त संयुक्त अभ्यास कार्यक्रममा धुलिखेल नगरपालिकाका नगर प्रमुख अशोक कुमार व्याञ्जु श्रेष्ठ, धुलिखेल नगरका उप-प्रमुख बिमला कुमारी अधिकारी शर्मा, जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवार, जिल्ला प्रहरी कार्यलय काभ्रे प्रमुख चक्रराज जोशी , लगायत जिल्लामा रहेका सुरक्षा निकायका प्रमुखहरु, नगरपालिकाका कार्यकारी अधिकृतहरु, जनप्रतिनिधिहरु, ईमान्युयल र सञ्जिवनि स्कुलका प्रिन्सिपल, एन.सि.सि. अल्मुनाई एसोशियसनका पदाधिकारीहरु, विद्यार्धी भाई बहिनीहरु, जिल्ला स्थित रहेका सञ्चारकर्मीहरु, रेडक्रश सोसाईटी बनेपाका प्रतिनिधी लगायत स्थानिय नागरिकहरुको उपस्थिती रहेको थियो । 
    कार्यक्रमको पहिलो चरणमा एक स्थानिय व्यक्तिको घरमा अचानक विद्युतको तार सट् (Electric Short Circuit) हुंदा आगलागी भएको दृश्टान्तलाई प्रस्तुत गर्दै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलको संयुक्त फायर फाईटिङ्ग टोली आवश्यक फायर फाईटिङ्गका Equipment सहित घटना स्थल तर्फ तैनाथ भई आगलागी नियन्त्रणको कला प्रदर्शनी गरिएको थियो भने दोश्रो चरणमा भुकम्पको दौरान घरभित्र फसेका व्यक्तिहरुलाई Highline Rescue को तरिकाबाट भग्नावेशले च्यापिएर घाईते भएको व्यक्तिको रोपद्धारा सुरक्षित स्थानमा रेस्क्यु गर्ने उद्धार प्रक्रिया प्रदर्शन गरिएको थियो र कार्यक्रमका समस्त सहभागीजन हरुलाई विपद व्यवस्थापनमा प्रयोग हुने सामानहरुको समेत प्रदर्शनी गरिएको थियो । 
     कार्याक्रममा धुलिखेल नगरका नगर प्रमुख ज्यूले यस किसिमका संयुक्त अभ्यासबाट जिल्ला स्थित विपद व्यवस्थापन कार्य संचालन गर्ने सुरक्षा फौजहरुमा उद्धार सम्बन्धी कलामा पुनर्ताजगी भई सदैव तयारी अवस्थामा रही विपदको समयमा जनताको जिउँ धनको सुरक्षामा व्यवसायिकता प्रस्तुत गर्न उल्लेख्य भुमिका निर्वाहा गर्ने जानकारी दिनु भएको थियो र प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे ज्यूले कार्यक्रम संचालन गरी आगलागी तथा भुकम्पको समयमा सुरक्षा फौजको भुमिकाको चित्रण गर्दै काभ्रे जिल्ला केन्द्रित विविध दैवी प्रकोपको घटनाहरु संवद्ध संयुक्त उद्धार कार्यहरुको अभ्यास कार्यक्रम समेत आउँदा दिनहरुमा आयोजना गर्न निर्देशन दिदै कार्यक्रम समाप्त गर्नु भएको थियो ।
      साथै जिल्ला प्रहरी कार्यालय धुलिखेल स्थित विपद व्यवस्थापन शाखाबाट Cylinder मा हुने आगलागिका कारण र त्यसबाट सुरक्षित हुन आम-सर्वसाधारणले अपनाउनु पर्ने रणनीति समेत प्रस्तुत गर्दै कार्यक्रममा उपस्थित सम्पुर्णमा आम जिवनमा भान्सा एवं चमेना गृहमा अपनाउनु पर्ने सजगताको बारेमा समेत नमुना प्रदर्शन गरी उपस्थित सम्पुर्णलाई लाभान्वित गरीएको थियो ।

थप