निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

काभ्रेमा नेपाल बन्दको सामान्य प्रभाव : राजमार्गमा सवारी साधन न्यून, बनेपाबाट १३ बन्दकर्ता पक्राउ

  •   ५ वर्ष अघि | २९ कार्तिक २०७८, सोमवार,    

काभ्रे (बनेपा) – नेत्रविक्रम चन्द्र (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पेट्रोलिय पदार्थको मूल्यबृद्धिको विरोध जनाउँदै आज नेपाल बन्द आह्वान गरेको छ । विप्लवले आह्वान गरेको नेपाल बन्दको प्रभाव काभ्रेमा आज बिहानैदेखि परेको छ ।
जिल्ला प्रहरी कार्यालय धुलिखेलको टोलीले बनेपा बजारबाट १३ जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।
जिल्ला अन्र्तगत अरनिको र बीपी राजमार्गमा यात्रु बहाक सवारी साधन चलेका छैनन् । दुई पांग्रे सवारी साधन पनि राजमार्गमा कम गुडेको देखिन्छन् । एम्बुलेन्स, दूध, तरकारी, कुखुरा बोकेका सवारी साधन निर्वाध रुपमा चलेका छन् । जिल्लाको बजारी क्षेत्र बनेपा, धुलिखेल, पनौती, पाँचखाल, कुन्ताबेसी, भकुन्डे चोकहरुमा सुरक्षाका लागि प्रहरीको संख्या बढाइएको छ ।

थप