निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २३ वटा मोटरसाइकलहरु सम्बन्धित धनीलाई जिम्मा लगाए

  •   ५ वर्ष अघि | १९ साउन २०७८, मङ्लबार,    

काठमाडौ ।  महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २३ वटा मोटरसाइकलहरु फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ ।

महाशाखाको पीडित सहायता ईकाइबाट सादा पोसाकमा खट्टाईएको ट्राफिक प्रहरीको टोलीले विभिन्न मितिमा हराएका मोटरसाईकलहरू बन्दाबन्दीको समयमा पनि खोजतलास गरी सम्बन्धीत धनीलाई जिम्मा लगाएको महाशाखाले जनाएको छ ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले सवारी साधन हराएको निवेदनका आधारमा खोजेर सम्बन्धित धनीलाई जिम्मा लगाइएको जानकारी दिए । उनले सवारी साधनलाई चोरीबाट बच्नका लागि सवारी साधनमा अतिरिक्त लक प्रयोग गर्न, अलाराम लगायतका उपकरण जडान गर्न, घर कम्पाउण्डमा पार्किङ्ग गरेको भनि ढुक्क नपर्न, एकै छिन हो भनि अतिरिक्त लक लगाउन अल्छी नगर्न पनि सुझाव दिए । 

गत आर्थिक वर्षमा मात्रै हराएका ४६० वटा मोटरसाइकल खोजतलास गरि सम्बन्धित धनीलाई जिम्मा दिएको र चोरीमा संलग्न ५७ जनालाई समेत बिभिन्न स्थानहरुबाट पक्राउ गरि कारबाहीको लागी प्रहरी बृत्तहरुमा पठाएको समेत महशाखाले जनाएको छ ।

थप