निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

नेता तथा कार्यकर्ता को सम्पत्ति विवरण बुझाउनेे कुरा महत्त्वपूर्ण होईन ,कुनै नेता कार्यकर्ता संग अकुत सम्पत्ति छैन , मन्त्री बास्कोटा

  •   ७ वर्ष अघि | १८ माघ २०७६, शनिबार,    

काठमाडौं । सरकारका प्रवक्ता गोकुल बास्कोटा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय बैठकमा नेता कार्यकताको सम्पत्ति छानविनबारे उठेको मागप्रति असन्तुष्टि जनाएका छन् । शनिबारको बैठकपछि सञ्चारकर्मीसँग नेकपाका केन्द्रीय सदस्य समेत रहेको बास्कोटाले भने, ‘सम्पत्ति छानविन गर्नुपर्ने तहमा कुुनै पनि नेताले अकुत सम्पत्ति कमाएका छैनन् । प्रश्न यो पनि उठेको छ । नेताहरु व्यापारी कार्यमा संलग्न हुनुहुँदैन । यसो भए कति ? जुन पार्टीले ७–८ लाख कार्यकर्ता आफ्नो सदस्य बनाएको छ । सबैले काम गरेनन् भने उत्पादन संघर्ष त खतम हुन्छ ।’  सम्पत्ति छानविनको कुरामा गम्भीर आशंका भए वा अभियोग लागेको अवस्थामा मात्र गरिने कुरा व्यवहारिक हुने उनको तर्क छ । ‘त्यो व्यक्तिगत रुपमा हुन्छ । आम रुपमा किन गर्ने ?,’ बास्कोटाले गरे ।  उनले नेता–कार्यकर्ताको सम्पत्ति छानविन हुनुपर्ने भनि बैठकमा उठेको आवाजलाई भावनात्मक आवेशको संज्ञा दिए । ‘केही व्यवाहारिक कुरा पनि छन् । केही भावनात्मक कुरा पनि छन् ।  शिक्षा र स्वास्थ जस्तो विषयमा नेताहरु संलग्न हुनुहुन्न भनिएको छ । यो भन्दा अगाडि चलाउँदै आएको एक नेतालाई निकालेर हल हुन्छ ?वा नयाँ नीति लिनुपर्छ ?,’ बासकोटाले भने, ‘विकल्पसहित नीतिबाट विस्थापित गरेर नयाँ ठाउँमा जाँदा राम्रो हुन्छ । होइन भने फलानाले यो विजनेस गर्यो उसलाई निकाल्यो भने शिक्षा क्षेत्र सुर्धिन्छ वा स्वास्थ क्षेत्र सुर्धिन्छ भन्ने तहको कुरा गरेर हुँदैन ।’  सर्वहारा चेत र दृष्टिकोणको कुरा मात्र भएको भन्दै कोही पनि नेता सर्वहारा नभएको उनले दाबी गरे । ‘कोही पनि नेता सर्वहारा छ भन्ने मलाई लाग्दैन । सबैको घर छ, कतिपयको गाडी र खेतिपाती पनि होला,’ उनले भने । यस्तै नेकपा बैठक एमसीसीको बहस गर्मिरहेका बेला बास्कोटाले भने छलफल गर्न जरुरी नभएको बताए ।  उनले भने, ‘एमसीसीको कुराहरुमा बहस गर्नुको जरुरत छैन । त्यसैले ५ वर्षको योजना लिने हो, मजाले चलाउने हो ।’ 

थप