निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

मेलम्चीमा आएको बाढीले ६ जनाको मृत्युु ५० जना भन्दा बढि बेपत्ता

  •   ५ वर्ष अघि | १ असार २०७८, मङ्लबार,    

अबिरल परेको पानीले सिन्धुपाल्चोकको मेलम्ची खोला (इन्द्रावती नदी) मा आएको बाढीले कम्तिमा ६ जनाको मृत्युु ५० भन्दा बढि बेपत्ता भएको आंशखा गरिएको छ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका अन्तर्गत खोला छेउ घर भएका उनीहरुलाई बगाएको र उनीहरुको विस्तृत विवरण आइनसकेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए ।

उनले भने– ‘बाढीले ६ जना जतिलाई बगाएको भन्ने कुरा आएको छ । उनीहरुको पूर्ण विवरण आएको छैन । अहिले पनि बाढी रोकिएको छैन । भोलि बिहानसम्म क्षतिको पूर्ण विवरण आउँछ ।’ बाढीले ३ वटा पुल बगाएको र धेरै स्थानमा बाटो कटान गरेको उनले बताए । हेलम्बु गाउँपालिका अन्तर्गत तल्लो तिम्बु बजार बगाएको, किउलमा रहेको रेन्बो ट्राउट फर्म बगाएको र नदी छेउमा रहेको केही घर बगाएको जानकारी आएको उनले बताए ।

यता मेलम्ची नगरपालिका अन्तर्गत मेलम्ची–इन्द्रावती नदी किनारमा रहेको मेलम्ची बजारमा बाढीले सामान्य क्षति पुर्याएको मेलम्ची प्रहरी कार्यालयमा प्रहरी निरिक्षक फलबहादुर तामाङले जानकारी दिए । मेलम्ची बजारमा जोखिमयुक्त स्थानमा रहेका परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

थप