निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

कमलविनायक नगरकोट सडक बैशाख सम्म काम पुरा नभए सार्वजनिक खरिद ऐन अनुसार निर्माण व्यवसायीलाई कारवाही गछौं ।’मन्त्री बास्कोटा

  •   ७ वर्ष अघि | १० माघ २०७६, शुक्रबार,    

नगरकोट नाल्दुम पर्यटन विकास समितिको आयोजना नगरकोट नाल्दुम पर्यटन विकास समितिको आयोजना गरेको दोस्रो नगरकोट महोत्सवको शुक्रबार उद्घाटन गदै मन्त्री बाँस्कोटालेले भने ‘बैशाखसम्म सडकको काम पुरा नभए सार्वजनिक खरिद ऐन अनुसार निर्माण व्यवसायीलाई कारवाही गछौं ।’

सार्वजनिक खरिद ऐन दफा (५९) को  ७, ८र ९ लगाएर हामी असुलउपर गर्छौ, त्यसकोलागि म तपाईहरुसंग साथमा छु, मन्त्री बाँस्कोटाले भने ।  नगरकोटमा विकाश गर्नका लागि संस्कृतिक पर्यटनको अवधाराण समेतलाई साथसाथ लानु पर्ने बेला आएको मन्त्री बाँस्कोटाले भने । 

एउटा घर बनाउने कुरा होइन देश बनाउने कुरा भएकाले केही समय लाग्न सक्छ तर त्यसका लागि हामी सबै एक हुनुको विकल्प नभएको उनको भनाई छ ।  ‘देशलाई सम्झेर काम गर्न वर्तमान सरकार तयार रहेकाले २२ वर्ष देश चलाउनेहरुले भत्काएर गए हामी बनाउँदैं छौं’ मन्त्री बाँकोटाले भने । 

संस्कृतिको रक्षा गर्दै पर्यटकको स्वागत सके मात्र पर्यटक लठ्ठ हँुदैं खर्च गर्दछन् त्यसले नै सुखी नेपाली र सम्वृद्ध नेपाल निर्माणमा सहयोग पुग्ने बताए ।  पर्यावरणलाई संरक्षण गर्दै पर्यटन क्षेत्रलाई क्रंकिटबाट बचाउन सबैले पहल गर्नुपर्ने मन्त्री बाँस्कोटाको भनाई छ । 

कार्यक्रममा बाग्मती प्रदेश सांसद बसुन्धरा हुमागाईले प्रदेश सरकारले पर्यटन क्षेत्रको विकासका लागि योजनाहरु बनाइरहेको बताए ।  अर्का सांसद कृष्णलाल भँडेलले नगरकोट भक्तपुर सडक विस्तार कार्य समयमा सम्पन्न नहुदाँ पर्यटन क्षेत्रमा नकारात्मक असर परेको बताए । 

कार्यक्रममा मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाइवा, चाँगुनारायणका सोमप्रसाद मिश्र, नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष नविन गुरुङ्गलगायतले नगरकोटको विकासका लागि सबैले एक भएर अगाडी बढ्नुुपर्ने धारणन व्यक्त गरेका छन् । नगरकोट नाल्दुम पर्यटन विकास समितिको आयोजना नगरकोट नाल्दुम पर्यटन विकास समितिको आयोजना गरेको दोस्रो नगरकोट महोत्सवको शुक्रबार उद्घाटन गदै मन्त्री बाँस्कोटालेले भने ‘बैशाखसम्म सडकको काम पुरा नभए सार्वजनिक खरिद ऐन अनुसार निर्माण व्यवसायीलाई कारवाही गछौं ।’

सार्वजनिक खरिद ऐन दफा (५९) को  ७, ८र ९ लगाएर हामी असुलउपर गर्छौ, त्यसकोलागि म तपाईहरुसंग साथमा छु, मन्त्री बाँस्कोटाले भने ।  नगरकोटमा विकाश गर्नका लागि संस्कृतिक पर्यटनको अवधाराण समेतलाई साथसाथ लानु पर्ने बेला आएको मन्त्री बाँस्कोटाले भने । 

एउटा घर बनाउने कुरा होइन देश बनाउने कुरा भएकाले केही समय लाग्न सक्छ तर त्यसका लागि हामी सबै एक हुनुको विकल्प नभएको उनको भनाई छ ।  ‘देशलाई सम्झेर काम गर्न वर्तमान सरकार तयार रहेकाले २२ वर्ष देश चलाउनेहरुले भत्काएर गए हामी बनाउँदैं छौं’ मन्त्री बाँकोटाले भने । 

संस्कृतिको रक्षा गर्दै पर्यटकको स्वागत सके मात्र पर्यटक लठ्ठ हँुदैं खर्च गर्दछन् त्यसले नै सुखी नेपाली र सम्वृद्ध नेपाल निर्माणमा सहयोग पुग्ने बताए ।  पर्यावरणलाई संरक्षण गर्दै पर्यटन क्षेत्रलाई क्रंकिटबाट बचाउन सबैले पहल गर्नुपर्ने मन्त्री बाँस्कोटाको भनाई छ । 

कार्यक्रममा बाग्मती प्रदेश सांसद बसुन्धरा हुमागाईले प्रदेश सरकारले पर्यटन क्षेत्रको विकासका लागि योजनाहरु बनाइरहेको बताए ।  अर्का सांसद कृष्णलाल भँडेलले नगरकोट भक्तपुर सडक विस्तार कार्य समयमा सम्पन्न नहुदाँ पर्यटन क्षेत्रमा नकारात्मक असर परेको बताए । 

कार्यक्रममा मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाइवा, चाँगुनारायणका सोमप्रसाद मिश्र, नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष नविन गुरुङ्गलगायतले नगरकोटको विकासका लागि सबैले एक भएर अगाडी बढ्नुुपर्ने धारणन व्यक्त गरेका छन् । 

थप