काभ्रे, बनेपा नगरपालिका वडा न ३ काफलबोटमा गुरुङ समुदायको बिशेष पर्व तमु ल्होछार कार्यक्रमको बिशेष अथितीको रुपमा सरकारका पुर्व सुचना तथा सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटाको उपस्थिति मा कार्यक्रम भव्य रुपमा सम्पन्न भयो।
उक्त कार्यक्रम मा बोल्दै गोकुल प्रसाद बास्कोटा ले भन्नुभयो ।आफ्नै पार्टीका प्रधानमन्त्रीलाई काम गर्न नदिएर देशमा अस्थिरता निम्त्याउन खोज्ने प्रवृत्ति र चुनाव मार्फत जनताको माझमा जान नसक्ने डरले आन्दोलनमा लागेका र त्यो प्रवृत्तिलाई परास्त गर्न आग्रह र अनुरोध सहित काभ्रेको समग्र विकासमा अरबौ रकम निकासा गर्दै त्यसको नेतृत्व आफुले गरेको तथा निरन्तर त्यसको नेतृत्व गरिरहन तयार रहेको प्रतिबद्धता ब्यक्त गर्दै आगामी निर्वाचनमा आफुले जनता समक्ष भोट माग्न हिड्न नपर्ने अपेक्षा समेत ब्यक्त गर्नुभयो । 
उक्त कार्यक्रममा बनेपा नगरपालिका का उपमेयर रेखा सापकोटा दाहाल ,युवा नेता रामशरण दाहाल, वडा न ३ का वडा अध्यक्ष कृष्णप्रसाद दाहालको उपस्थिति थियो।कार्यक्रमको सभापतित्व शम्भु गुरुङले गर्नुभएको थियो । भने कार्यक्रम मा तमु समाजका सचिव विष्णु गुरुङले गोकुल बास्कोटालाई उक्त स्थानको विकास का लागि बजेट मिलाउन आग्रह गर्नुभएको थियो। कार्यक्रममै गोकुल प्रसाद बास्कोटा ले दस लाख बराबरको रकम लिन निवेदन लिएर आउन आग्रह गर्नुभएको थियो।
निरन्तर खबरदारीता न्यायीक पत्रकारीता
दश लाख बजेटलाई निवेदन लिएर आउनुस् पैसा लैजानुस् विकास गर्नुस् :गोकुल बास्कोटा
गुरुङ समुदायको तमु ल्होसार कार्यक्रम मा बोल्दै गोकुल बास्कोटा
- ६ वर्ष अघि | १५ पुस २०७७, बुधबार,