निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

काभ्रेको नेकपा पाटी कार्यलय ओलि पक्षको कब्जामा

  •   ६ वर्ष अघि | ७ पुस २०७७, मङ्लबार,    

बनेपा–पार्टी विभाजनतिर उन्मुख हुँदै गर्दा नेकपा काभ्रेको जिल्ला कार्यालय प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली पक्षको कब्जामा पुगेको छ । ओली पक्षका नेता कार्यकर्ताले यसअघि कार्यालयमा लगाइएको पुरानो ताल्चा फोडी नयाँ ताला लगाएका छन् । कार्यालयमा बिहानै ओली पक्षका नेता कार्यकर्ता उपस्थित भएका थिए । यसअघि उक्त कार्यालय तत्कालिन नेकपा एमालेको जिल्ला कार्यालयको रुपमा रहेको थियो । उक्त कार्यालय भवन एमालेले नै निर्माण गरेको हो । कार्यालयमा पुगेका नेकपा जिल्ला नेता कञ्चन अधिकारीले उक्त कार्यालय हिजो पनि आफूहरुकै भएको, आज पनि र भोलीका दिनमा पनि आफूहरुकै हुने बताए । उनले केन्द्रबाट आज घोषणा हुने केन्द्रीय कमिटीलाई स्वागत गर्न आतुर रहेको पनि बताए । युवा संघ काभ्रेका अध्यक्ष बिक्रम चौलागाईंले जस्तो परिस्थिति आए पनि कार्यालय नछाड्ने बताए ।

थप