बनेपा, भक्तपुरस्थित गोदावरी खोला करिडोर निर्माणको शिलान्यास गरिएको छ । नेकपाका केन्द्रिय सदस्य, पूर्बमन्त्री, प्रतिनिधि सभा सदस्य माननीय महेश बस्नेतले बुधबार एक कार्यक्रमबीच उक्त करिडोर निर्माणको शिलान्यास गरेका हुन् ।
उक्त अवसरमा सांसद बस्नेतले भक्तपुर र ललितपुर क्षेत्र भएर बग्ने यस खोलालाई व्यवस्थित गर्नुपर्ने बताए । करिडोरका लागि नेपाल सरकारको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिद्वारा विनियोजित रु १७ करोडको लागतमा सूर्यविनायक नगरपालिका वडा नं २ बालकोट र महालक्ष्मी नगरपालिका वडा नं ५ टिकाथलीको सिमानामा बग्ने गोदावरी खोलामा १० मिटर खोला र दायाँ बायाँ १०/१० मिटरको सडक रहने गरी कोरिडोर निर्माण गर्ने जनाइएको छ ।
कार्यक्रममा बागमती सभ्यता एकीकृत विकास समितिका प्रमुख नवराज प्याकुरेल, महालक्ष्मी नगरपालिका वडा नं ५ का अध्यक्ष राजकुमार सिलवाल, सूर्यविनायक नगरपालिका वडा नं २ का वडा सदस्य बिश्वराज बिष्ट उपस्थित थिए ।