निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

पुर्व मन्त्री गोकुल बास्कोटाले गरे पुण्यमाता कोरिडोर शिलान्यास

  •   ६ वर्ष अघि | २८ साउन २०७७, बुधबार,    

काभ्रे, बनेपा ,धुलिखेल र पनौती नगरपालिका भएर बग्ने पुन्यमाता( पुन्यमती) नदी करिडोर निमार्ण कार्यको शिल्यान्यास आज भएको छ ।
नेपाल सरकारका पुर्व सञ्चार मन्त्री माननीय गोकुल प्रसाद बाँस्कोटाको प्रमुख आतिथ्यतामा करिडोर शिल्यान्यास कार्यक्रम आज  भएको हो ।
जिल्लाकै गौरवपूर्ण आयोजनाको रुपमा हेरिएको पुन्यमाता( पुन्यमति) करिडोरको पहिलो चराणको कामका लागि रु १५ करोड विनियोजन भएको छ ।
बनेपा नगरपालिका शेरा, नालादेखि धुलिखेलको श्रीखण्डपुर र पनौती नगरपालिकाको त्रीवेणी घाटसम्म तीन चरणमा गरी करिडोर निर्माणको काम हुनेछ ।
करिडोर निर्माणका लागि लामो समयदेखि यस क्षेत्रका संघिय  सांसद एवं पूर्व मन्त्री बाँस्कोटा लागि पर्नुभएको थियो । पुन्यमाता करिडोर बनेसँगै पुन्यमाता नदी व्यवस्थित हुनेछ भने यो आवाजावतमा समेत सहजता हुनेछ । नदीको किनारैकिनार बन्ने सडकले बैकल्पिक मार्गको रुपमा समेत काम गर्नेछ ।
प्राचीन पुन्यमति नदि किनाराका प्राचीन सम्पदाहरु मन्दिर, घाट, पाटि पौवा बचाएर करिडोर निर्माण गरिने पुर्व मन्त्री बास्कोटाले जानकारी दिनु भएको छ ।उहाले भन्नु भो “प्राचीन शहरको मौलिकता मासिने छैन र नदि किनारा आसपासका घाट मन्दिर पाटि पौवा सत्तलको झन सरक्षण गरिने छ!”
पनौतिलाई सांस्कृतिक शहर, धुलिखेल लाई पर्यटकीय शहर र बनेपा नगरको बासुकि देखि काभ्रे भिमसेन को क्षेत्रलाई पर्यटकीय क्षेत्र बनाउने र शनिबार मा मात्र लगभग दस हजार जति मानिस हरुलाइ घुम्न मिल्दो र हिमाल देखिने मनोमहक ठाउँ रहेको उहाले बताउनुभयो।

थप