निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

बनेपा ईप्रका प्रमुखको सक्रियता :हेल्मेट चोरी गर्ने गिरोह रंगेहात पक्राउ

  •   ६ वर्ष अघि | १५ साउन २०७७, बिहिबार,    

बनेपा,  इप्रका प्रमुख योगेन्द्र तिमल्सिनाको कमान्डले  चोरी गर्नेलाई रंगेहात पक्राउ गरेको छ।

  हिजो आज चोरी गर्ने गिरोह बढिरहेको अवस्थामा बनेपामा पनि हेल्मेट चोरी गर्ने र बाईक चोरी गर्ने समूह नै ठुलो रहेको पाइएको छ । बनेपा आसपासमा बाईक पार्किङ गरिरहेको स्थान बाट नै बाईक र हेल्मेट हराउने गरेकोले प्रहरीकोमा उजुरी पुगेको छ ।

यसरि दिन प्रतिदिन बाईक र हेल्मेट हराउने गरेको कारणले गर्दा इप्रका बनेपाले आफ्नो निगरानी बढाएको छ । इलाका प्रहरी कार्यालय बनेपाले धेरै जस्तो सिबिल प्रहरी लाई परिचालन गरेर त्यस्ता ब्याक्तीलाई पक्राउ गर्ने थालेको हो ।

चोरी गर्ने एक गिरोहलाई बाईकको हेल्मेट चोरी गरिरहेको अबस्थामा आज पक्राउ गरिएको छ । बनेपा चादनी चोकमा राखेको बाइकको हेल्मेट चोरी भए पछी सिसि टिभी फुटेज अनुसार निगरानी गरेर पक्राउ गरिएको हो ।  इप्रका बनेपाका प्रमुख योगेन्द्र तिमल्सिनाको कमान्डमा सिसि टिभिको फुटेज हेरेर उक्त गिरोह लाई बनेपा बाट रंगेहात पक्राउ गरिएको छ। उक्त घटनाको थप अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख  योगेन्द्र तिमल्सिनाले जानकारी दिनु भयो ।

हेल्मेट चोरीमा पक्राउ पर्नेले भने अरुलेनै दिएको बताएका छन् । यस्ता गिरोहहरुको अनुसन्धान सुस्म ढंगबाट गर्ने र गिरोह पत्ता लगाउने बताउनुभयो ।

थप