धादिङ, देेशभरको अविरल बर्षाका कारण आएको बाढी र पहिरोले पृथ्वी राजमार्गको धादिङ र चितवन जिल्लामा रहेको मौवाखोला पुलमा क्षति पुगेको छ भने ठाँउ ठाँउमा पहिरो खसेको छ । मौवाखोला पुलमा क्षति भएका कारण गाडी चल्ने अवस्था रहेको छैन । पुलमा थप जोखिम बढेको स्थानीयले बताएका छन् ।
अहिले आवागमन पूर्ण रुपले ठप्प भए पछि काठमाण्डौ छिर्ने सबै सवारी साधनहरु बाटैमा रोकिएका छन् ।
मौवाखोलाले तीन वटा घर समेत बगाएको स्थानीयले बताए । यस्तै बाँदरे भीरमा रोकिराखिएका गाडी नै पहिरोले बगाएर किनारमा पुर्याएको छ ।
घटनामा कुनैपनि मानविय क्षति नभएको प्रहरी जानकारी दिएको छ। गएरातिदेखिको अविरल वर्षाको कारण धादिङको २ दर्जन भन्दा बढी ठाउँहरु पहिरो गएको छ । पहिरोमा परि स्थानीय निरुता परियारको मृत्यु भएको छ।