निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

काभ्रेका सामुदायिक विद्यालयबाट क्वारेन्टाइन हटाउन शिक्षक संघ काभ्रेको माग

  •   ६ वर्ष अघि | २ साउन २०७७, शुक्रबार,    

काभ्रे, कोरोना भाइरस ले बिश्वमा नै संक्रमण बढाइरहेको यो अबस्थामा नेपालमा पनि भाइरस को संक्रमण दर बढि रहेको र सोही अनुसार निको हुनेको संख्यामा पनि वृद्धि भईरहेको वर्तमान अवस्थामा स्थानीय सरकारले सामुदायिक विद्यालय  हरुमा क्वारेन्टाइन निर्माण गरि राखेको अवस्थालाई मध्यनजर गर्दै   नेपाल शिक्षक संघ काभ्रेले जिल्लाका सामुदायिक विद्यालयका स्थानीय तहमा निर्माण गरेका क्‍वारेन्टाइन हटाउन माग गरेको छ । जिल्लाभर सबै स्थानीय तहमा ध्यानाकर्षण पत्र बुझाउँदै संघले स्वच्छ एवम् स्वस्थ वातावरण कायम गर्न माग गरेको हो । 

विद्यालय र विद्यार्थीहरु उच्च जोखिममा रहेको भन्दै शिक्षक संघले जिल्लाका स्थानीय तहमा ज्ञापनपत्र बुझाउँदै संघले पालिकाभित्रका शिक्षक र विद्यार्थीहरुको पीसीआर परीक्षण गर्न र सम्पूर्ण शिक्षकको स्वास्थ्य बिमा गर्न र पीपीईको व्यवस्था गर्न पनि माग गरेको छ ।
शिक्षक संघले २०५७ साल अघि स्थायी नियुक्ति पाई प्राविधिक रुपमा २ ग्रेड खाँदै आएका शिक्षकहरुलाई निजामतीसरह २ ग्रेड उपलब्ध गराउने अदालतको फैसला, अर्थ मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको परिपत्रलाई कार्यान्वयन गर्न पनि माग गरेको छ ।

१३ वटै पालिकामार्फत स्थानीय सरकारको ध्यानाकर्षण गराएको शिक्षक संघ काभ्रेका 
सचिव  शम्भु प्रसाद घिमिरे ले  एक्टिभ मिडिया नेपाललाई जानकारी दिनुभयो ।

थप