निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

संगठनको नाम बेचेर एकताको नाममा गुटबन्दी अनेरास्ववियु काभ्रे र युवा संगठन काभ्रेको आपत्ति

  •   ६ वर्ष अघि | २४ असार २०७७, बुधबार,    

बनेपा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) काभ्रे जिल्ला कमिटिलाई आज नेकपा निकट जनसंगठनहरुको नाममा ज्ञापन पत्र बुझाएको विषय बिबादास्पद भएको छ । 

काभ्रेमा रहेका नेकपा निकट जनसंगठनको नाममा ज्ञापनपत्र बुझाउने कार्यक्रम पार्टिका कृयसिल संगठनको अगुवाको उपस्थितिबिना नै नगरिएको अनेरास्ववियू काभ्रेका संयोजक उपेन्द्र शर्माले आपत्ति जनाएका छन् । 

संयोजक शर्माले पार्टी एकताको नाममा गुटगत निर्देशन अनेरास्ववियू काभ्रेलाई स्वीकार नभएको र गुटगत कार्यक्रममा संगठनको नाम जोडिनु गलत भएको र यसले एकतालाई अफ्ट्यारो पार्ने चेतावनी दिनु भएको छ । उहाँको अनुसार "अनेरास्ववियू काभ्रेको संयोजक आफु रहेको र संयोजकको अनुपस्थितमा संगठनको नाममा के आधारमा ज्ञापनपत्र बुझाइयो? " 

जिल्लामा हालसम्म संयोजक र सहसंयोजक मात्र रहेको र कमिटी पुर्ण नभएको अवस्थामा संयोजक र सहसंयोजकको संयुक्त हस्ताक्षर बिना संगठनको आधिकारिक धारणा नहुने समेत उहाँले बताउनु भयो ।

त्यस्तै अर्को जनबर्गिय संगठन राष्ट्रिय युवा संघ नेपालको काभ्रे जिल्ला कमिटी संयोजक र सहसंयोजक विना नै संगठनको नाम उल्लेख गराएको प्रती राष्ट्रिय युवा संघ काभ्रे संयोजक बिक्रम चौलागाईंले आपत्ति जनाउनु भएको छ । संयोजक चौलागाईंले "संगठनको नाममा जिल्लामा संयोजक र सहसंयोजक मात्र भएको अवस्थामा कसको हस्ताक्षरमा ज्ञापनपत्र आयो? त्यसको आधिकारिकता के? पार्टी जिल्ला नेतृत्व गुटगत झुन्डलाई प्रसय दिन लागेको हो?" प्रश्न गर्नु भयो । साथै संगठनको आधिकारिक व्यक्तिको उपस्थिति र हस्ताक्षर बिनाको ज्ञापनपत्र बुझ्ने पार्टी नेतृत्व नै गलत ढंगले परिचालन भएको उहाँले बताउनु भयो ।

एकता नै नटुंगिएको संगठनको नाम प्रयोग गर्दै हस्ताक्षर गर्नु र एकता भएको संगठनको आन्तरिक सहमति र सहभागिता बिना संगठनको नाम जोड्ने अधिकार कसैलाई नरहेको चौलागाईंले बताउनु भयो । 

उक्त कार्यक्रमको बारेमा काभ्रे अखिल र राष्ट्रिय युवा संघका नेता कार्यकर्ताले सामाजिक संजाल बिरोध समेत जनाउदै पार्टी जिल्ला नेतृत्व प्रती गम्भीर प्रश्न उठाएका छन ।

अनेरास्ववियू काभ्रे संयोजक शर्माले " पार्टी एकताको नाममा तल्ला कमिटीमा गुटबन्दी हुनु गलत भएको बताउनु भएको छ । संगठनको नाम प्रयोग हुदा हस्ताक्षर कसले कुन हैसियतले गरे? किन खुलेन? संगठनको छाप बेगरको नाम आधिकारिक कसरी ?
भोलि अनेरास्ववियूको नाममा नेबि संघको मित्रले नि हस्ताक्षर गर्न पाउने हो? के हो आधिकारिकता? कस्तो बिधि बसाल्ने? यसले एकताको लागि मद्दत  गर्छ?" 

कार्यक्रम गर्नु थियो त नेकपा संगठित सदस्य, शुभचिन्तक वा अरु केही नाममा दिएको भए हाम्रो आपत्ति रहन्न थियो तर संगठनको नाममा यो अराजकता स्वीकार्य नभएको शर्माले बताउनु भयो ।

थप