निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

नमोबुद्ध नगरपालिकाले कृषकलाई दियो निशुल्क बोयर जातको उन्नत बोका

  •   ६ वर्ष अघि | १७ असार २०७७, बुधबार,    

काभ्रे (नमोबुद्ध) जिल्ला नमोबुद्ध नगरपालिकाले परम्परागत बाख्रापालन गरिरहेका कृषकलाई बोयर जातको उन्नत बोका निःशुल्क वितरण गरेको छ । नश्ल सुधार गरेर उत्पादन बृद्धि गर्नका लागि ११ वटै वडाका एक एक जना कृषकलाई  नगरपालिकाले पहिलो पटक बोयर जातको बोका वितरण गरेको हो ।

उक्त बोका मेयर  टि.पी. शर्मा तिमल्सिनाले एक कार्यक्रमका बीच कृषकलाई वितरण गर्नुभएको थियो । व्यावसायिक बाख्रापालनमा कृषकलाई आकर्षित र प्रोत्साहन गर्न नगरपालिकाले  कृषकलाई पहिलो चरणमा बोयर जातको बोका दिईएको मेयर तिमल्सिनाले जानकारी दिनुभयो ।

बाख्रापालन गरिरहेका कृषकलाई उन्नत जातका बोका वितरण गरेपछि कृषकको आम्दानी बढ्ने र मासुजन्य उत्पादनमा सुधार आउने नमोबुद्ध नगरपालिकाले अपेक्षा गरेको छ । नगरपालिकाले बोका चितवनको जगतपुरबाट झण्डै ११ लाख रुपैयाँमा खरिद गरेर ल्याएको र बीमा समेत गरेको प्रमुख प्रशासकीय अधिकृत भोला प्रसाद चापागाईले बताउनुभयो ।

कृषकलाई दिईएका बोकाको तौल २८ देखि ३८ किलोसम्म छ । १८ महिनाभित्र थप ११ वटा बोयर बोकाका पाठा नगरपालिकालाई कृषकले दिने छन् । कृषकले दिएका पाठा  दोस्रो चरणमा ११ वटै वडाका कृषकलाई वितरण गर्ने नमोबुद्ध नगरपालिकाले जनाएको छ ।

थप