काभ्रे(नमोबुद्ध)जिल्ला नमोबुद्ध नगरपालिका मा टंक प्रसाद तिमल्सिना नगर प्रमुखमा निर्वाचित भएपछि नमोबुद्ध नगरको स्वरुप मै निकै नै परिवर्तन आएको छ। उनी निर्वाचित भएको ३ बर्ष पुग्दै गर्दा नगरमा धेरै उदाहरणीय कार्य भएको पाइएको छ।
नगर भित्र संञ्चालन गरिएका अव्यवस्थित इट्टा भट्टल हरु पनि उहाकै पालामा हटाइएको छ। टंक प्रसाद तिमल्सिना नगर प्रमुख हुनु पहिले एक कुशल पत्रकार थिए । उनले पत्रकारिता मा ४० बर्ष संघर्ष र चुनौतिको सामाना गरेका थिए । उनको राम्रो बानि हरु धेरै रहेका छन। उनी दैनिक डायरी मेन्टन गर्छन, फुर्सदिलो भएर बस्न रुचाउदैनन्।
यो लामो लकडाउन मा पनि उनले आफ्नो नियमित कार्य बाहेक समाजमा रहेका बुद्धिजीवी र युवाहरु संग अन्तरक्रिया कार्यक्रम सामाजिक दुरी र भौतिक दुरी कायम गरि गरे उनले भने।
नमोबुद्ध नगरमा ११ वटा वडा छन्। ७ वडा निर्माणाधीन अवस्थामा रहेको र ४ वडा आगामि कार्यक्रम मा समावेश गरि निर्माण गर्ने उहाले बताउनुभयो।
उहाको नगरमा क्वारेन्टाइन को पनि राम्रो व्यवस्था रहेको र जिल्ला अस्पताल भकुण्डे को पनि सुधार गर्नु पर्ने कार्य गरि स्वास्थ्य सेवालाई सहज बनाइएको बताउनुभयो ।
नगरपालिका भवन सुविधा सम्पन्न बन्दै गरेको र पत्रकार र सञ्चार माध्यम लाई नगरपालिका मा उचित स्थान दिने पनि उहाले बताउनुभयो ।उहाले भन्नुभयो म पत्रकारिता बाट आएको व्यक्ति हु । पत्रकारले सहि कुराको खुलेर लेख्नु पर्ने बताउनुभयो। इमानदारीता रहेसम्म विकास मिलेर गर्ने सकिन्छ ।
उहाले जनप्रतिनिधि हरुबाट भए गरेका कामको सबै विवरण मध्यान्तर भन्ने किताब मा प्रस्तुत गर्नुभएको छ। खासगरि अाधा समय मा कति विकास भयो र कति गर्ने सकियो चुनौति अवसर सबै कुरा समेटिएको उहाले बताउनुभयो ।
नमोबुद्ध नगरपालिकाले बुधबार सातौं नगरसभामा आगामी आर्थिक बर्ष २०७७÷७८ को नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७७/७८ का लागि नगर सभामा मेयर टि.पी. शर्मा तिमल्सिनाले ६३ करोड ८९ लाख ३४ हजार ५ सय ४१ रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको थियो ।
सातौं नगरसभामा नगरपालिकाले कोरोना संक्रमणले निम्त्याएको संकट व्यवस्थापनका लागि स्वास्थ्य, शिक्षा, कृषि र रोजगारीलाई विषेश प्राथमिकता दिदैं नीति कार्यक्रम र बजेट सार्वजनिक गरेको थियो
रोजगारीका अवसर सिर्जना गर्नु, सरकारी स्वास्थ्य संस्थालाई सुदृढ बनाउनु, कृषि उत्पादनमा आत्मनिर्भर बन्नु अहिलेको अपरिहार्य आवश्यकतालाई नमोबुद्धको बजेट तथा नीति कार्यक्रमले समेटेको जानकारी दिनुभयो ।
सबैको विकास र प्रगति चाहान्छौ नगरप्रमुख टिपि शर्माले एकटिभ मिडिया नेपाल सँग भन्नुभयो।