काभ्रेको दुर्गम क्षेत्रमा पर्ने चौरीदेउराली गाउँपालिकाले र पनि आफ्नो नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । पालिकाका उपाध्यक्ष तारा कुमारी चौलागाईले आज ७ औँ नगरसभामा ४७ करोडको बजेट प्रस्तुत गर्नुभएको हो ।
आगामी आर्थिक बर्ष २०७७/७८ मा स्वास्थ्य, कृषि र पुराना योजनाहरुलाई निरन्तरता दिइने उपाध्यक्ष चौलागाईले बताउनुभयो । यसैबीच कोशीपारी क्षेत्रमै रहेको भुम्लु गाउँपालिकामा ४५ करोड, ७५ लाख ८ हजार बजेट प्रस्तुत गरेको छ।
आज भएको ७ साताैँ गाउँ सभामा पालिका प्रमुख गुमानध्वज कुँवरले नीति, कार्यक्रम तथा बजेट पेश गर्नुभएको हो । असार ३० गते भित्र बजेट पास गरिसक्ने अध्यक्ष कुवँरले जानकारी दिनुभयो ।