निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

मोटरसाइकलमा पनि जोर-विजोर प्रणाली लागु

  •   ६ वर्ष अघि | १ असार २०७७, सोमवार,    

काभ्रे (बनेपा) – अब मोटरसाइकल र स्कुटरमा पनि जोर–विजोर प्रणाली लागू हुने भएको छ ।

सरकारको निर्णयमा साइकल र मोटरसाइकल चालक मात्र रहने गरी चलाउन दिने भनेपछि जोरबिजोर लागू नहुने हो कि भन्ने बुझाइ देखिएकाे थियाे । तर, पुन: ट्राफिक प्रहरीलाई जोर–विजोर लागू गर्न भन्दै परिपत्र भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख बिशाल तामाङ्ले एकटिभ मिडिया नेपाललाई भने, ‘हामीलाई स्पष्ट निर्देशन आइसकेको छ, अब मोटरसाइकल र स्कुटरमा पनि जोर–विजोर प्रणाली लागू हुन्छ ।’

दुई पांग्रे सवारीमा एक जना मात्रै हिँड्न मिल्ने नियम पनि यथावत नै रहेको उनले बताए । यसअघि सरकारले लकडाउनलाई खुकुलो बनाउँदै ३० जेठबाट जोर–विजोर प्रणाली लागू गरेको थियो ।

थप