काभ्रे, (नाला टुकुचा) जिल्ला, काेराेना भाईरसका कारण देश लक डाउनमा छ । याे समयमा जनजिवन कष्टकर बन्दै गैरहेकाे छ । याे अवस्थामा गाउँका मानिस आफ्नाे मत हालेर चुनेका जनप्रतिनिधिबाट सेवाकाे आशामा रहेका छन् । यहि सेराेफेराेमा बनेपा नगरपालिका वडा नं २ टुकुचा नालाका वडा सदस्य गंगाप्रसाद घिमिरेले आफ्नो सक्रियतामा निकै नै बढाएका छन।
उहाले भन्नुभयो हाम्रो वडामा ६ सय २० घर धुरी र करिब ३ हजार २ सय जनसंख्या रहेको छ । हामी प्रत्येक घरधुरीमा पुगेर समस्या बुझेर घरदैलो गर्यौं । प्रत्येक घर धुरीलाई साबुन, मास्क ,डिटोल, सिटामोल र स्यानिटाइजर बितरण गर्याै । यसका साथै तरकारी र दुग्धजन्य उत्पादनको बजारसम्म पुर्याउन सहयोग पुर्याउने काम गरिरहेका छौ । वडामा बिभिन्न रोगका कारण बिरामी भएकाहरुलाई अस्पताल पुर्याउने काममा सहयोग गरेका छौं । प्रमुख सडकहरुमा औषधी छर्कने काम नगरपालिकाको सहयोगमा गर्यौं ।
हामीले पनि जनताले चाहेजस्तो अभियान त सञ्चालन गर्ने तर हामीसँग भएको साधन, स्रोत र सहयोगी हातहरुको सहयोगबाट सकेसम्म केही राहत मिल्ने कार्य गर्यौं जस्तो हामीलाई लागेको छ।
यो अभियानमा स्वास्थ्यकर्मी , समाजसेबी, शिक्षासेवी र यूवाहरुको साथ र सहयोगले आजसम्म वडालाई सुरक्षित राख्न सफल भएका छौं ।
यी सबै सोच र कामहरु गर्न हाम्रो टिम छ । जसको नेतृत्व वडाध्यक्ष हरिशरण घिमिरेले गर्नुभएको छ । नवराज घिमिरे, कमला र रुपा सहितको हाम्रो सामूहिक नेतृत्वले नै काम गर्ने उर्जा प्राप्त भएको छ । वडा सचिव रामनाथ कायस्थ र सहायक सचिव नन्द प्रसाद घिमिरेेकाेे पुर्ण सहयाेेग छ ।
बिडम्बना सिमित साधन श्रोतका कारण धेरै गर्नुपर्ने कामहरु गर्न सकिरहेका छैनौं । उहाले एकटिभ मिडिया नेपाल सँग भन्नुभयो आगामी दिनमा बाकि कार्य पुरा गर्ने प्रयत्न गर्दै जाने बताउनुभयो । सरकारले गरेको लकडाउनको पुर्ण रुपमा पालना गरि अहिले सम्म अाएका छौ अहिले सरकारले लकडाउनलाइ केही खुकुलो पारेको छ। सबै आफ्नो ठाउमा सामाजिक दुरी र भौतिक दुरी कायम राखि सुरक्षित रहन अनुरोध गर्दै । आफु नि बाँचौ र अरु लाई नि बचाउं । कुनै पनि समस्या परेमा वा परेको देखेमा वडा मा सिधा सम्पर्क गर्नु होला। भन्दै हामी सेवाका लागि हरदम तयार रहेको वडा सदस्य गंगाप्रसाद घिमिरेले जानकारी दिनुभयो।