निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

अनेरास्ववियू काभ्रे र राष्ट्रिय युवा संघ काभ्रेले मनायो संयुक्त रुपमा स्थापना दिवस

  •   ६ वर्ष अघि | १ जेष्ठ २०७७, बिहिबार,    

 

काभ्रे, नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) को मुख्य जनवर्गीय संगठन रूपमा चिनिने अनेरास्ववियूको ५५ औं र राष्ट्रिय युवा संघ नेपालको ३० औं स्थापना दिवसको अवसरमा अनेरास्ववियू काभ्रे र राष्ट्रिय युवा संघ नेपाल काभ्रेले संयुक्त रूपमा मनाएको छ ।

सामाजिक न्याय र परिवर्तन, राजनीति स्थायित्व, आर्थिक प्रगति, शैक्षिक तथा रोजगारीको सवालमा आन्दोलन र खबरदारी गर्दै आफ्नो छुट्टै पहिचान बनाउन सफल दुई संगठनले आफ्नो स्थापना दिवसका अवसरमा दुबै संगठनको जिल्ला कमिटीको आयोजनामा खाद्यान्न सामाग्री हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो ।

कोरोना महामारीको विषम परिस्थितिमा औपचारिक कार्यक्रम गर्ने स्थिति नभएकोले खाद्यान्न सामाग्री हस्तान्तरण गर्दै सामाजिक उत्तरदायित्व अनुसारको कार्यक्रम संचालन गरिएको अनेरास्ववियू काभ्रे संयोजक उपेन्द्र शर्माले जनाउनु भएको थियो ।

उक्त कार्यक्रम अनुसार बिहीवार बनेपा नगरपालिका वडा नं ९ स्थित बौद्ध बृद्धाश्रम, बनेपा ११ नं वडामा स्थित अपांग बाल अस्पताल र धुलिखेल स्थित सिद्धार्थ बाल आश्रममा खाद्यान्न सहयोग हस्तान्तरण गरिएको राष्ट्रिय युवा संघ नेपाल काभ्रे संयोजक बिक्रम चौलागाईंले जानकारी दिनु भयो ।

खाद्यान्न सामाग्री हस्तान्तरण कार्यक्रममा तिनै स्थानमा ५ बोरा चामल, ७ केजि दाल, ५ kg गेडागुडी, ५ लिटर तेल, १ प्याकेट नुन, मसला, खुर्सानी, मेथी, सरफ, लुगा धुने साबुन १ केजि र हातधुने साबुन (१५ वडा ), मसेउरा प्याकेट लगाएतको सामाग्री बितरण गरिएको अखिल संयोजक शर्माले बताउनु भयो ।

कार्यक्रममा अनेरास्ववियू केन्द्रिय सदस्य जेनिश लामा, निरोज पाण्डे, सुन्दर खड्का, शालिकराम पराजुली, हरिश चन्द्र घिमिले, राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय सदस्य भेषराज शाह, नेकपा नेता मुक्ति बिष्ट, विद्यार्थी नेता नवराज ढकाल र मुकुन्द लामिछाने, युवा नेता रत्न श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

कोरोना महामारीको जोखिमलाई ध्यानमा राख्दै तीन टोलि बनाएर छुट्टाछुट्टै बितरण गरिएको अनेरास्ववियू केन्द्रिय सदस्य शालिकराम पराजुलीले जानकारी दिनु भयो ।

कार्यक्रममा नेकपा जिल्ला कमिटी सदस्य मुक्ति बिष्ट, राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय नेता अमित लामा र भेशराज शाह, नेकपा संगठित सदस्य बिकास शर्मा तिमल्सिना, नेकपा बनेपाका नेता तथा वडा अध्यक्ष चन्द्र बहादुर खड्का लगायतले आर्थिक तथा खाद्यान्न सामाग्री सहयोग गर्नु भएको थियो ।

थप