मणिराम दाहाल ,काभ्रेपलान्चोक – नेपाल सरकारले देश लाई नै लकडाउन लगाएको पनि एक महिना भन्दा बढि भैसकेको छ ।
नेपालमा कोरोना भाईरस फैलिन नदिनको लागि गरेको लकडाउन उलंघन गर्ने २३ जना व्यापारीहरुलाई इलाका प्रहरी कार्यालय बनेपाको टोलिले नियन्त्रणमा लिएर कार्वाही गरेको छ । इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख योगेन्द्र तिमल्सिनाको अनुसार अति आवश्यकीय भन्दा फरक प्रकृतिको पसल सञ्चालन गरी लकडाउन उलंघन गरेका २३ जना व्यापारीहरुलाई नियन्त्रण गरिएको हो ।
नियन्त्रणमा लिएका २३ व्यापारीहरुलाई कोरोना सम्बन्धि चेतना मुलक शिक्षा दिइ छोडीएको थियो । लकडाउन उलङ्घन गर्ने ४० वटा बाईक १० वटा स्कुटर पनि पनौति र बनेपा को विभिन्न ठाउँ बाट नियन्त्रण मा लिई उनिहरुलाई सचेतना कक्षा लिइ छोडिएको इप्रका प्रमुख योगेन्द्र तिमल्सिना ले बताउनुभयो।
योगेन्द्र तिमल्सिनाका अनुसार विभिन्न ठाउमा भट्टि पसलहरुमा नि छापा मारि घरेलु मदिरा नष्ट पारिएको बताउनुभयो ।उहाँले सबै नागरिकलाई सरकारले कोरोना रोकथाम वा संक्रमण बढ्न नदिनको लागि गरिएको लकडाउनको पुर्ण पालना गर्नको लागि सबै जनसमुदाय लाई आग्रह गर्नुभयो ।