काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कोरोना भाइरसको अझै पनि उच्च जोखिममा रहेको बताएका छन् । मंगलबार राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले देशमा पहिलो व्यक्तिको संक्रमण पहिचान भएदेखि यता साझा प्रयत्नले संक्रमितको संख्या ९ जनामा मात्र सीमत गर्न सकिएपनि नेपाल अझैं उच्च जोखिममा रहेको दावी गरेका हुन् । नेपाल कोरोविरुद्धको लडाईमा होमिएको बताउँदै प्रधानमन्त्री ओलीले दुई सातादेखि मुलुक लकडाउनमा रहेको स्मरण पनि गराए । कोरोविरुद्धको लडाइमा थप सावधानी अपाउनुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।
निरन्तर खबरदारीता न्यायीक पत्रकारीता
अबको एक साता झन कष्टकर :प्रधानमन्त्री
- ७ वर्ष अघि | २५ चैत्र २०७६, मङ्लबार,