काभ्रे ,चैत्र, २३ बनेपा:कारोना (कोभिड–१९) भाइरसको संक्रमण रोकथामका लागि लागू गरिएको ‘लकडाउन’को तेेेर्हौ दिन पनि काभ्रे सुनसान छन् । सरकारको निर्देशनको पूर्णपालना गर्दै मानिसहरुले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणको प्रयासलाई साथ दिएका छन् ।
देशभर ‘लकडाउन’ गर्दै अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन भनेको छ । ‘लकडाउन’का कारण काभ्रेका सडक तथा बजार क्षेत्र आइतबार पनि सुनसान छन् । दैनिक उपभोग्यका पसलहरु भने बिहान फाट्टफुट्ट खुलेका छन् । तरकारी, दूध किन्नका लागि केही मानिसहरु पसलमा देखिन्छन् । उनीहरु पसलमा जाँदा पनि मास्क लगाएर गएको देखिन्छ ।
लकडाउनलाई कार्यान्वयन गराउन सुरक्षाकर्मीहरुलाई ठाउँठाउँमा खटाइएको छ । उनीहरुले आफ्नो सुरक्षाका लागि मास्क लगाएका छन् । लकडाउनको अवज्ञा गर्दै विनाकाम हिँडडुल गर्ने र सवारीसाधन चलाउनेहरुलाई प्रहरीले नियन्त्रणमा लिने गरेको छ । तेस्तै आज बनेपा प्रहरीले लकडाउन उलङ्घन गर्दै हिड्ने ७५ जना लाई पोलिटेकनिक मा रहेको फुटवल ग्राउन्ड मा राखेर कोरोना समन्धि सचेतना कक्षा लिएर छाडेको उक्त कार्यक्रम मा सहभागी असइ रुपेश श्रेष्ठले बताउनुभयो । हामी जनतालाई सचेत गराउने काम मा कमि हुन नदिने इप्रका प्रमुख योगेन्द्र तिमल्सिना ले बताउनुभयो। लकडाउन उलङघन गर्ने हरुले प्राय वाहाना बनाउने प्रमुख ले जानकारी दिनुभयो