निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

लकडाउनको दोस्रो दिन बनेपा नगरपालिका क्षेत्रको अवस्था

लकडाउनको खासै प्रभावकारिता देखिएको छैन जनताले प्रहरीलाई नै टेरेका छैनन्

  •   ७ वर्ष अघि | ११ चैत्र २०७६, मङ्लबार,    

काभ्रे ,सरकारले मंगलबार देखि  अत्यावश्यक बाहेक घरबाहिर निस्कन पुर्ण रुपमा  रोक लगाएको छ । कोरोना भाइरस कोभिड १९ को संक्रमण भेटिए लगतै सरकारले देशलाई पूर्ण रुपमा लकडाउने गर्ने निर्णय गरेको थियो ।

 

 

फ्रान्सबाट कतारको दोहा हुँदै चैत ४ गते नेपाल आएकी एक युवतीमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।

 

 

कोरोनासम्बन्धी उच्चस्तरीय समितिको सोमबार बसेको बैठकले  मंगलबार विहान ६ बजेबाट एक सातासम्म सार्वसाधारणलाई घरबाट बाहिर निस्कन रोक लगाएको हो ।

 

 

खाद्यान्न र अत्यावश्यक बस्तु ढुवानी गर्ने बाहेक अरु सवारी साधन पनि चलाउने पाइने छैन ।

 

तेस्तै प्रभाव बनेपा नगरपालिका को प्रायः जसो स्थानमा परेको छ। तर प्रहरी लाई सर्वसाधारणले अलि नटेरेको होकि सबैमा लकडाउनको वास्तविकता थाहा नभएको हो। 

 

डिउटि मा खटिएका जवान हरुलाइ पनि कोरोना सावधानी पोसाक, माक्स ,पन्जा को पनि व्यवस्था नभएको हुदा यस्ता संवेदनशील कुरामा स्थानीय सरकारको बेलैमा चासो जानू पर्ने देखिएको छ।

 

 

थप