निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

घाँसको भारी लिएर आए राम थापा शिशिर

  •   १ वर्ष अघि | २३ जेष्ठ २०८२, बिहिबार,     शरणप्रसाद हुमागाईं

काठमाडौ÷काँठ क्षेत्रका चर्चित गायक राम थापा शिशिरको नयाँ गीत घाँसको भारी सार्वजनिक भएको छ । पछिल्लो समय आफ्नो व्यवसायतिर अलि बढी समय खर्चिएका गायक थापाले लामो समय पछि उक्त गीत बजारमा ल्याएका हुन् । जुन गीतमा राम थापा शिशिर, राज सुवेदी र बिन्दा सुन्दासको सुमधुर आवाजमा सुन्न सकिन्छ । राम थापा शिशिर र शिव नारायण जोशीको संगीतमा राम थापा शिशिरको आफ्नै शब्द रहेको उक्त गीतलाई नरेन्द्र बियोगीले संगीत संयोजन गरेका छन् । घाँसको भारी गीतको म्युजिक भिडियोमा अर्जुन सिलवाल, सारा सुनुवार, निशा कठायत आदि कलाकारहरूको अभिनय देख्न सकिन्छ । जुगल फिल्म एण्ड एड्भरटाइजिङ्ग प्रालि युट्युब च्यानल मार्फत सार्वजनिक भएको “घाँसको भारी” बोलको गीतको म्युजिक भिडियोलाई खमेश श्रेष्ठले निर्देशन गरेका हुन भने छायांकन रामकृष्ण कंडेल, श्रृंगार मोहन लामा र सम्पादन कल्पेश बिश्वकर्माले गरेका छन् ।

राम थापा शिशिर काँठ क्षेत्रमा निकै नै लोकप्रिय छन् । कुनै समय पकाउ है तिउन कराईमा, पानी कलको तिम्रै छ झझल्को, वनको घाँस खुर्केको, फुलमायाको गाउँ, तिलको अचार सोल्टी सलाम, अरनिको रुट, साउदी नगरमा, मायालाई सम्झेर, जाल बुन्यो माकुरीले, आउँछु एक दिन सम्पत्ति कमार, रातो टिका जमरा जस्ता सयौं गीत श्रोता दर्शकले अध्याधिक मन पराएका थिए ।

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=bAdd_pWs3xE

थप