पर्यटनको प्रचुर सम्भावना काभ्रे भिमसेन ससिपानी -बासुकि जलजले

  •   ३ वर्ष अघि | ११ असोज २०७८, सोमवार,    

काभ्रे। काभ्रेपलान्चोक जिल्ला बनेपा नगरपालिका वडा नं ३ प्राकृतिक हिसाबले मनोमहक क्षेत्र अन्तर्गत पर्दछ।
बनेपा नगरपालिका बाट ९ किलोमिटर को दुरीमा पर्ने पर्यटकीय क्षेत्र काभ्रे भिमसेन मन्दिर १०० बर्ष अगाडिदेखि को इतिहास बोकेको एक धार्मिक क्षेत्र हो।

यस क्षेत्रबाट देखिने सर्वोच्च शिखर सगरमाथा ,पाचँखालको फाट, धुलिखेल को डाडाँ,काशिभञ्जाङको सौर्न्दर्य ,बासुकि नागको इतिहास,हरियाली डाडा पाखाले कसको मन मोहित नहोला र यस ठाउँमा जानको लागि नगरकोट बाट ३ किलोमिटर , धुलिखेल टंनचोक हुँदै जाने बाटो , पाचखालबाट अनैकोट हुदै पनि यस काभ्रे भिमसेन मन्दिर आउन सकिन्छ ।

यस क्षेत्रको समग्र विकास गर्ने हो भने यहाको जनतालाई देखाइएको समृद्धिको सपना यहिको उत्पादनले सम्भव छ।
यश क्षेत्रमा कृषि उत्पादन पनि धेरै राम्रो हुन्छ , मुख्य बालिको रुपमा अालु खेतिले मनग्गे आम्दानी गर्ने सकिन्छ । 
 युवा नेता रविन्द्र वैदारको यस क्षेत्रको बारेमा भ्रमण पछिका भनाइ र सम्भावना यसप्रकार छन।

युवा व्यवसायी तथा युवा नेता रविन्द्र वैदारले भन्नुभयो यश क्षेत्रको विकासको लागि सडकको संरचना मा विकास गरि जलजले क्षेत्रलाई मर्मत संहार गरि ड्याम्म बनाएर प्रचारप्रसार गर्ने सकियो भने दैनिक धेरै पर्यटक भित्र्याउन सकिन्छ ।
बासुकि क्षेत्र र काभ्रे भिमसेन क्षेत्रलाई समेटेर संगै रहेको गुम्बा डाडामा पिक्निक स्पोट बनाउन पहल गर्ने पनि उहाले बताउनु भयो।

यस क्षेत्रलाई समग्र विकास गर्ने सकियो भने बनेपाका व्यक्तिहरू लाई घुम्ने राम्रो ठाउँ बन्ने र आन्तरिक र बाहिरी पर्यटकको आउने दर पनि बढ्ने मा आफू विस्वस्त भएको उहाँले बताउनुभयो । उहाले यश क्षेत्रको विकासको लागि आफुले जस्तोसुकै सहयोग गर्ने पनि युवा नेता रविन्द्र वैदारले बताउनुभयो ।

थप