काभ्रेपलान्चोक - बनेपा ‘पुराना कलाकारलाई सम्मान,नयाँलाई प्रोत्साहान’ भन्ने मुल नाराका साथ ज्योति फिल्मस प्रालिको आयोजनामा यहीँ फागुन १ गते राष्ट्रिय नाच घर बाट सहरी बिकास राज्यमन्त्री रामवीर मानन्धरको प्रमुख आतिथ्यतामा एक भब्य कार्यक्रमका बिच ज्योति फिल्मस म्युजिक अवार्ड सम्पन्न भयो। अवार्ड कार्यक्रममा छ जना चर्चित पत्रकारहरु राजु बोहरा , अरबिन्द्र गौतम , सुमन बैरागि , कृष्ण भट्टराई , सन्ताेष दाहाल र शिबराम भण्डारी सम्मानित हुने भएका छ्न । ज्योति फिल्मस म्युजिक प्रालिको दशौ वर्षको अवसरमा प्रथम ज्योति फिल्मस म्युजिक अवार्ड भयको हो। ज्योति फिल्मस म्युजिक अवार्डको लागि विभिन्न विधामा उत्कृष्ठ ५ मनोनयन सार्वजनिक गरी ४२ विधामा टप ५ भित्र परेका श्रष्ठाहरुलाई प्रमाण पत्र वितरण कार्य सम्पन्न गरि यहीँ आउदो फागुन १ मा उत्कृष्ठ लाई अवार्ड वितरण गर्ने कार्यक्रम सम्पन्न भयो। उक्त कार्यक्रमा सांगीतिक क्षेत्रका बरिष्ठ व्यक्तित्वहरुको उपस्थिति समेत रहेेेेको छ । अवार्ड कार्यक्रम लाई विभिन्न राष्ट्रिय टेलिभिजन र रेडियो बाट प्रत्यक्ष प्रसारण समेत गराइएको छ ।
निरन्तर खबरदारीता न्यायीक पत्रकारीता
ज्योति फिल्मस म्युजिक अवार्ड मा अरविन्द्र गौतम सहित सात जना पत्रकार सम्मानित
- ७ वर्ष अघि | १ फाल्गुन २०७६, बिहिबार,