नेशनल पावर न्यूज म्यूजिक अवार्ड–२०२० सम्पन्न  सर्वोकृष्ट काँठे गीतको अवार्ड हुमागाईंको पोल्टामा

  •   ३ वर्ष अघि | ११ पुस २०७७, शनिबार,    

  काठमाडौं÷नेपालको पहिलो समावेशी अवार्ड नेशनल पावर न्यूज म्युजिक अवार्ड २०२० सम्पन्न भएको छ । नेपाल भित्र छरिएर रहेका विविध भाषामा तयार भएका गीत संगीतहरुको प्रवद्र्धनमा सहयोग पु¥याउने उदेश्यले विगत तीन वर्ष देखि यस अवार्डको आयोजना हुँदै आएको छ । नेशनल पावर न्यूज म्यूजिक अवार्ड–२०२० को नेपाली मुलभाषा अन्तर्गत (स्वदेशगान, गजल, आधुनिक, पप, र लोकदोहोरी, मौलिक लोक गीत) ६ विधा सहित नेपालमा बोलिने विभिन्न राष्ट्रिय भाषाहरुमा नेपाल भाषा, देउडा, तामाङ, सेलो, काँठे, राई, थारु, सतार (सन्थाली), लिम्बु, सुनुवार, भोजपुरी र मैथली, लगायत भाषाको उत्कृष्ट छनौट गरी ५१ वटा विधामा अवार्ड वितरण तथा सम्मान गरिएको हो । नेशनल पावर न्यूज म्यूजिक अवार्ड २०२० मा नेपाली मुल भाषा अन्तगर्त पप र आधुनिक र लोक दोहोरी तर्फ उत्कृष्ट स्वर, संगीत, शव्द र भिडियो रहेका थिए । त्यसै गरी नव गायक गायिका र मोडलहरु समेत रहेका थिए । गजल र स्वदेश गीतमा भने उत्कृष्ट शब्दको आधारमा अवार्ड प्रदान गरिएको छ । यसैबीच हाँस्ने खेल्ने निरकमल बोलको काँठे गीतबाट प्रतिष्पर्धामा  रहेका काभ्रे प्रवाह साप्ताहिकका प्रकाशक/सम्पादक, सञ्चारकर्मी तथा लोक दोहोरी गायक शरणप्रसाद हुमागाईंले सर्वोकृष्ट काँठे गीतबाट अवार्ड हात पारेका छन् । यसै गरी अवार्ड कार्यक्रममा रातोपाटीकर्मी एवं रंगपत्रकार कुबेर गिरीलाई रंगपत्रकारिता पुरस्कार प्रदान गरिनुका साथै नवक्षितिज साप्ताहिक काभ्रेका पत्रकार नवराज बजगाईलाई यूवा पत्रकारिता सम्मान प्रदान गरियो । गत वर्ष चैत्र महिनामा सम्पन्न हुनुपर्ने उक्त अवार्ड कार्यक्रम कोरोनाका कारणले रोकिएको थियो । झण्डै १ वर्षको प्रतिक्षा पछि सामाजिक दुरी कायम गर्दै अवार्ड कार्यक्रम सम्पन्न गरिएको हो ।

थप