निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

लकडाउनको समयमा के गर्दै छन् चर्चित सिनेकर्मि दिपकराज गिरी

  •   ६ वर्ष अघि | २१ बैशाख २०७७, आइतवार,    

काठमाण्डौ ,दिपकराज गिरी नाम यतिवेला फिल्मि क्षेत्रको जल्दोबल्दो नाम हो। काठमाडौको दहचोकमा जन्मनुभएका गिरिको पछिल्लो समय बसोबास भने सिनामंगलस्थित घरमा छ।उनले निर्माण गरेका सबै जसो फिल्म हरुले नेपाली फिल्म बजारलाइ नै नया आयम दियो।

पछिल्लो समय निर्माण भएको छक्का पञ्जा तीन ले पनि राम्रो व्यापार गर्यो। उनी तितो सत्य टेलिसिरियल बाट अाएका व्यक्ति हुन। ज्यादा समय घरबाहिर बिताउने सेलिब्रिटी केहि समय देखि घरमै बस्न बाध्य छन । यो समयलाई उनीहरूले विभिन्न तरिकाले सदुपयोग गरिरहेका छन । कलाकार दिपकराज गिरीलाई  लकडाउनमा आफ्नो दैनिकी कसरी बित्छ ? भनेर हामीले सोधेका छौ। लकडाउनमा दिपकले स्वास्थ्यलाई धेरै ख्याल गर्ने गरेका बताएका छन ।

विहान बेलुका शाररिक ब्ययाममा वा योगामा बढि समय बिताउँने गरेका छन । विहान अलिक ढिलो ७ बजे मात्र उठ्ने दिपक राज गिरि एक घण्टा समाचार पढ्ने गर्छन । त्यो पछिको एक घण्टा ध्यान गर्छु दिपक भन्छन् । डेढ घण्टा पैदलयात्रा प्रायजसो पशुपति मन्दिर परिसर र बनकालि सम्म गरिरहेका छन । बिहानको समय स्वास्थ्यलाई धेरै ध्यान दिने गरेको दिपक बताउँछन । लकडाउन अगाडि निकै व्यस्त हुने कारण फिल्म हेर्ने मौका नपाएको दिपकले यस समयलाई फिल्म हेर्न पनि सदुपयोग गरिरहेको बताए । फिल्म हेर्ने दैनिकी नै बनाएको छन ‘मुख्यतः म फिल्म नै हेरिरहेकी छु,’ उनले भने । दिउँसोको खाना खाए पछि १२ बजे देखि ३ बजे सम्म फिल्म हेरिरहेको हुन्छु उनी भन्छन् ।

३ बजे पछि केहि बेर आरम गर्ने उनी ५ बजे फेरि पैदल यात्रामा निस्कन्छन् । ७ बजे ध्यान,८ बजे रात्री खाना खाएर ११ बजे सम्म सामाजिक सञ्जालमा रमाउँछन । उनले यस अघि नै सामाजिक सञ्जाल मार्फत लकडाउनको पूर्ण पालना गर्ने सर्वसाधरणहरुलाई आग्रह समेत गरिसकेका छन । पछिल्लो समय उनी समाजसेवा मा पनि लागिरहेको उनी बताउछन् ।

हुनत दिपक राज गिरि लाई समाज सेवा नौलो विषय भने होइन उनले बर्षनि आफुले कमाएको १०% समाजसेवा मै लगाउने पहिले देखिनै बताउदै आएका थिए।पछिल्लो समय लकडाउनको समयमा खान नपाएका मजदुर र निम्न बर्ग का व्यक्तिहरूलाई खाना खुवाउने काम गर्दै आएका छन्। उनले काठमाडौ सबैजसो ठाउँमा आफुले देखे सुनेका खान नपाउने बर्गलाइ खाना खुबाउदै हिड्ने गरेको उनी बताउँछन् ।

थप