अरुणोदय आधारभूत विद्यालयलाई प्रशान्त गिरीले गरे अत्याधुनिक किसिमको फोटोकपी मेसिन हस्तान्तरण 

  •   २ वर्ष अघि | २६ कार्तिक २०७८, शुक्रबार,    

काभ्रे । जिल्ला बनेपा नगरपालिका वडा नं ३ चुनातालमा रहेको अरुणोदय आाधारभुत विद्यालयलाई फोटोकपी मेसिन हस्तान्तरण गरिएको छ।
फोटोकपी मेसिन प्रदान गर्ने बनेपा नगरपालिका वडा नं २ निवासी समाजसेवी प्रशान्त गिरी हुनुहुन्छ । उहाँले विभिन्न क्षेत्रमा यस्ता परोपकारी कार्य धेरै गर्दै आउनुभएको विद्यालय व्यवस्थापन अरुणोदयका अध्यक्ष जयराम दाहालले बताउनुभयो ।
फोटोकपी र प्रिन्ट गर्ने मिल्ने अत्याधुनिक किसिमको उक्त मेसिन विद्यालय व्यवस्थापन अरुणोदयका अध्यक्ष जयराम दाहालले विद्यालयको तर्फबाट बुझ्नुभएको थियो।
यस्ता किसिम का प्रविधि भित्रिनाले विद्यार्थी हरुको पढाइ र सिकाईमा परिवर्तन आउने आशा राखेको जयराम दाहालले बताउनुभयो ।

थप