भक्तपुरमा महिलाहरूको संवेदनशील अङ्ग समाउदै हिड्ने व्यक्ति पक्राउ

  •   ३ वर्ष अघि | १८ असार २०७८, शुक्रबार,    

भक्तपुर, बिभिन्न क्रियाकलाप गरि महिलाहरुलाई हैरानी गर्ने अजीब सोख भएका रामेछाप रुपाकोटका तामाङ भक्तपुरमा पक्राउ परेका छन । रामेछाप सुनापती गाउँपालिका वडा नं. ५ रुपाकोट स्थाई घर भई हाल भक्तपुर नगरपालिका वडा नं. १० कमलविनायक क्षेत्रमा डेरा गरी बस्ने बर्ष ३६को चमार सिं तामाङ रहेको प्रहरीले जनाएको छ ।

भक्तपुरको कमलविनायक क्षेत्रको भित्री सडकहरुमा मोटरसाईकलबाट आई एकान्त स्थानमा हिड्डुल गरिरहका महिलाहरुलाई चिमोट्ने, धाप मार्ने, जिस्काउने संबेदनशिल अंगहरुमा समाउने, गरी हैरानी दिने ब्यतिmलाई प्रहरीले असार १५ गते मंगलवार समातिएको हो ।

कमलविनायक चोकबाट पूर्व नगरकोट र (ल्हासापके) थाकलमाथ जाने बाटो छुटिने होगा पली चोकबाट महानरीय प्रहरी वृत्त जगातीको टोलीले पक्राउ गरेको हो । बिभिन्न मितिमा सो स्थानमा महिलाहरुलाई हैरानी दिने गरेको भनी जगाती प्रहरी वृत्तमा परेको हुलिया सहितको निवेदनका आधारमा खोजतलास गरि बर्ष ३६को चमार सिं तामाङलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

तामाङले उक्त स्थानमा महिलालाई जिउमा छोई अभद्र ब्यवहार गर्ने र आफ्ननो योनाङ्ग समेत देखाउने गरेको निवेदनमा उल्लेख र्भएको आधारमा तामाङलाई उस्ले गरेको कसूर अनुसार अभद्र ब्यवहार र सार्वजनिक स्थानमा योनाङ्ग देखाउन नहुने कसुरमा मुड्दा दर्ता गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

निज तामाङ्गलाई कानून बमोजिम नियन्त्रणमा लिाईसके पछि अन्य पीडित महिलाहरुबाट जाहेरी दरखास्त आउन क्रम जारी रहेकोले महानगरीय प्रहरी वृत जगातीबाट थप अनुसन्धान भईरहेको जनाएको छ ।

थप