स्थानीय निकायको लागि विकासको वादशाहा बने - मेयर लक्ष्मि नरहसिंह वादे श्रेष्ठ 

  •   २ वर्ष अघि | ३ पुस २०७८, शनिबार,    

काभ्रे । काभ्रेपलान्चोक जिल्ला बनेपा नगरपालिकामा २०७४ मा स्थानीय सरकार आए सँगै गाउँ गाउँमा विकासको लहर नै छाएको छ।
२्०७४ मा जननिर्वाचित भएर आएसँगै बनेपाका मेयर लक्ष्मी नरहसिंह बादे ले धेरै नै जनताको जनभावना अनुरुपको विकास कार्य गर्दै आउनुभएको छ।
आज बनेपा नगरपालिका वडा नं ९ मा प्राधिकरण देखि पुलबजार सम्म हुँदै गरेको कालोपत्रेको अवलोकन ,नयाँबस्तिको कालोपत्रे ,हुँदै गरेको ढलान निरीक्षण भ्रमणमा बनेपा नगर प्रमुख लक्ष्मी नरहसिंह बादे, उपप्रमुख  रेखा सापकोटा दाहाल , नवराज मानन्धर ,लगायतले अवलोकन गर्नुभएको थियो।

विभिन्न क्षेत्रमा योजनाको अवलोकन  कार्य गर्दै ,गर्ने पर्ने विकास निर्माण टिपोट गर्दै, जनताको सुखदुःखको सारथी  बने मेयर वादे 
उहाँको पालामा भएका महत्त्वपूर्ण कार्यहरु जस्तै चारडोबाटोमा सडक छेउमा रहेको घर लाई हटाउनु  , साँगाको अतिक्रमण लाई हटाउनु , सागाँ देखि बुडोल सम्म राजमार्ग तय गर्नु मुख्य देखिने विकास निर्माण हुनु।
 बनेपा नगरपालिकामा उहाँ आएपछि धेरै नै विकासका योजना अगाडि बढेका छन्। 
गौरवको योजना चण्डेश्वरी १६०० सय  सिडि , पुण्यमाता करिडोर निर्माण , कोभिड सँक्रमितको उपचारका लागि  जिल्ला कै ठुलो र व्यवस्थित आइसोलेसन सेन्टर निर्माण गरिएको ।
मेयर बादे र उप मेयर रेखा सापकोटा दाहालको नेतृत्वले जनताको लागि धेरै नै विकास र सम्भावित विकास योजना र भावि पुस्ताले सम्झना गर्ने खालका कार्य गरेको स्थानीय हरुको भनाइ छ।
आइसियु र भेन्टिलेटर सुविधा सहितको अस्पताल सँग सम्झौता गरी कोभिड संक्रमितको उपचार गरिएको ।
नगरको प्रथम पञ्चवर्षीय आवधिक योजना निर्माण ,नम्बर प्लेट र मानिसको फेस रिड हुने सिसि क्यामेरा हाइवेमा जडान गरि निगरानी , राजस्व अनलाइन बाटै तीर्नेको लागि इ - सेवा सँग सम्झौता ,सबै वडा बाट स्वास्थ्य सेवा प्रवाह ,वडा नं ११ मा करिब ३ करोडको लगानीमा शान्ति पार्कको ठेक्का प्रक्रिया अघि बढेको । बनेपा वडा नं ९ मा बुद्ध पार्कको योजना अगाडि बढेको प्रमुख वादेले बताउनुभयो ।

बनेपा नगरभित्र धेरै ठाउँमा कालोपत्रे भइसकेको छ। कालोपत्रे नभएका ठाउँमा बाटो व्यवस्थित र सुधार भएको छ। 
पर्यटन विकासमा विभिन्न पहलकदमि भएको छ, किसानहरुलाई विभिन्न अौजार ,कृषि सामाग्री हरु वितरण ,अनुदान आदि मा मेयर बादे को ध्यान गएको देखिन्छ ।

थप