काभ्रे । बागमती प्रदेश सरकारका कृषि तथा पशुपंक्षी मन्त्री बसुन्धरा हुमागाईले म क्यान बोक्ने किसान हुँ मैले गरेको काममा मलाई गर्व छ। मैले काम अनुसारको मन्त्रालय पाएको छु अब दुखि गरिब किसानको हितमा काम गर्छु।
काभ्रेली जनताको बदनाम हुने कुनै पनि काम नगर्ने बताउनुभएको छ ।
मैले अहिलेसम्म कुनै पनि काम काभ्रेली जनताको हित विपरित गरेको छैन । आगामी दिनमा पनि त्यस्तो काम गर्ने छैन। निर्वाचनका बेला जनताको घरदैलोमा पुग्दा गरिएका कयौँ बाचाहरू पुरा नभए पनि सुरूवात गराएका छौ उहाँले भन्नुभयो ।
त्यो कामलाई पनि पुरा गर्नु छ । मन्त्री हुमागाईले भन्नुभयो ।’मन्त्री हुमागाईले आफु साच्चै क्यान बोक्ने किसान रहेको बताउनुभयो । ‘म अहिले पनि क्यान बोक्ने किसान नै हुँ ।
यसैमा मलाई गर्व छ । मैले जिम्मेवारी पनि किसानकै क्षेत्रमा काम गर्ने मन्त्रालय पाएको छु । म दृढतापूर्वक आफ्नो जिम्मेवारी पुरा गर्नेछु । मन्त्री हुमागाईले भन्नुभयो ।’मन्त्री हुमागाईले सक्दो राम्रो काम गर्ने तर नराम्रो काम नगर्ने प्रष्ट पार्नुभयो ।
‘मलाई कतैबाट एक पैसा भ्रष्टाचार गर्नु छैन् । मेरो श्रीमती अहिलेपनि ज्याला मजदुरी नै गर्ने हो ।तपाईहरूले भन्नुभए जस्तै मेरो श्रीमतीले पनि बरू एक छाक मात्रै खाउँला तर कतैबाट नचाहिँदो ढंगले पैसा कमाएको सहदिनन् । मलाई त्यसरी पैसा धन आर्जन गर्ने छुट छैन् । तपाईहरू ढुक्क हुनुहोस् । मन्त्री हुमागाईको भनाई थियो ।’
"म क्यान बोक्ने किसान हुँ" मन्त्री बसुन्धरा हुमागाई
- १ वर्ष अघि | १ पुस २०७८, बिहिबार,
