निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

मण्डनदेउपुरका किसानले पाए भैसीका पाडि किसानको मुहारमा खुसि

  •   ५ वर्ष अघि | ३१ साउन २०७८, आइतवार,    

काभ्रे  । जिल्लाको मण्डनदेउपुर नगरपालिकाले पछिल्लो समय कृषिको पकेट क्षेत्र घोषणा गर्दै पाडि वितरण कार्य अन्तर्गत आज वडा नं. ५ र ६ का किसानलाई भैसीको पाडी बितरण गरेको हो । । गाई भैसी प्रबद्धन गर्नका लागि लागत साझेदारी ६०/४० रहने गरेर काभ्रेका मण्डन देउपुर नगरपालिकाले किसानलाई पाडी वितरण गरेको छ । पाडि वितरणसँगै पाडीलाई खुवाउन पोषणका लागि उन्नत जातको घाँस समेत वितरण गरिएको नगर प्रमुखका स्वकिय सचिव गणेश पराजुलिले जानकारी दिए ।

नगर प्रमुख टोकबहादुर बाईबाको प्रमुख आतिथ्यतामा मण्डनदेउपुरको ५ र ६ नंम्बर वडाका ३८ जना पशुपालक किसानलाई पाडी वितरण गरिएको वडा नं. ६ का वडा अध्यक्ष दिल्ली आचार्यले जानकारी दिए ।

पाडि वितरण गर्दै मेयर वाईवाले जनताको सेवामा निरन्तर आफूले काम गरिरहेको समेत बताउनु भएको छ । यस अगाडि वडा नं. ७, ८ र ९ मा ५० वटा पाडि वितरण गरिएको थियो । पाडि वितरणसँगै स्थानीयले नगरपालिकाको जनमुखी कार्यको प्रंशसा समेत गरेका छन्

थप