जबरजस्ती करणी मुद्दाका सहित दुई जना फरार प्रतिवादी पक्राउ

  •   २ वर्ष अघि | १० फाल्गुन २०७८, मङ्लबार,    

काभ्रे । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले करणी मुद्दाका सहित दुई जना फरार प्रतिवादी लाई पक्राउ गरेको छ।

 जिल्ला अदालतमा पेश भई अनुसन्धानको क्रममा रहेका विविध मुद्दाहरु फर्छौट गरी पीडितलाई न्यायको आभाष दिलाई कानूनी राज्य र दण्ड हिनताको अन्त्य गरी विधिको शासन स्थापित गरी आम नागरिकहरुमा प्रहरीको विश्वसनियतामा बृद्धी गरी जनमैत्री सेवा प्रवाहलाई बढुवा दिने क्रममा जबरजस्ती करणी कसूरमा वारदात पश्चात फरार रहेका प्रतिवादी काभ्रेपलाञ्चोक जिल्ला बेथानचोक गाउँपालिका वडा नं ०६ बस्‍ने ३६ बर्षको बुद्धलाल तामाङ भारतबाट आफ्नो घरमा आएर लुकीछिपी बसी रहेको अबस्थामा प्रहरीले पक्राउ गरेको प्रहरी नायव उपरीक्षक हरि खतिवडाले जानकारी दिनुभएको ।

 निज प्रतिवादीलाई कानून बमोजिम पक्राउ गरी काभ्रेपलाञ्चोक जिल्ला अदालतमा पेश गरिएकोमा अदालतको  १० गतेको थुनछेक आदेशमा निज प्रतिवादीलाई पुर्पक्षका निमित्त थुनामा राख्न कारागार कार्यालय काभ्रेपलाञ्चोक पठाईएको छ ।

साथै नाताकायम मुद्दा शिर्षकको काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका वडा नं १० बस्ने ५० बर्षको पदमा श्रेष्ठलाई यस कार्यालयको प्रहरी अधिकृत सहितको बिशेष प्रहरी टोलीले । बनेपाबाट पक्राउ गरी फैसला कार्यन्वयनको लागि काभ्रेपलाञ्चोक जिल्ला अदालतमा पेश गरेको प्रहरीले जानकारी दिएको छ।

थप