काभ्रे – सोमबार रातिदेखि आएको भारी वर्षाका कारण बनेपा दुबानमा परेको छ। बर्षाका कारण बनेपाको पुलबजार क्षेत्र पुरै डुबानमा परेको हो।
सोमबार रातिदेखिको अविरल वर्षाका कारण पुलबजार क्षेत्र डुबानमा परेको हो। पुलबजारका सडक र घरहरुका सटर डुबेको छ।
सडक डुबानमा परेकाले अरनिको राजमार्गमा यातायात एकतर्फी सञ्चालनमा आएको छ।
यो राजमार्ग हुँदै काठमाडौं उपत्यका आउने र उपत्यका बाहिर जाने धेरै सवारीसाधनहरु बाटोमा अलपत्र परेका छन्।