लम्पी स्किन पीडित किसानको पक्षमा अखिल नेपाल किसान महासंघ काभ्रे, नगरपालिका लाई बुझायो ज्ञापनपत्र

  •   ९ महिना अघि | २८ साउन २०८०, आइतवार,     मणिराम दाहाल

काभ्रे । अखिल नेपाल किसान महासंघ बनेपा नगर कमिटीले आज बनेपा नगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ।

ज्ञापनपत्रमा भनिएको छ लम्पी स्किन महामारी बाट काभ्रे जिल्लामा सयौं गाई बस्तुहरुको मृत्युु भएको र संक्रमित पशुहरुको उचित उपचार र मृत्यु भएका पशुहरुको क्षतिपूर्ति माग गर्दै नगरपालिकालाई ज्ञापनपत्र बुझाएको अखिल नेपाल किसान महासंघका बनेपा नगर कमिटी ईन्चार्ज जङ्गबहादुर महतले बताउनुभयो ।

दैनिक रुपमा दूध जन्य सामाग्री बिक्री गरि जिविकोपार्जन गर्नुपर्ने किसानहरूको गाई बस्तु लम्पी स्किनले संक्रमित भई मृत्युु भएको र सर्वसाधारणहरुको दैनिक गुजारा पनि संकटमा पर्ने अवस्था सिर्जना भएकोले नगरपालिकालाई ध्यानाकर्षण गरिएको छ।

नगरभरि कति संक्रमित छन् कतिको मृत्युु भयो स‍ोको नगरपालिकाले निगरानी र उचित क्षतिपूर्ति दिनुपर्ने अखिल नेपाल किसान महासंघको माग रहेको पनि महतले बताउनुभयो ।

बनेपा नगरपालिकाले भने लम्पी स्किन संक्रमित पशुलाई साधारण उपचारमा सुचना पाए अनुसार उपचारमा केही सहयोग गरेपनि मृत्युु भएका पशुको क्षतिपूर्ति किसानलाई दिने कुरा अहिलेसम्म नगरेको महासंघको भनाइ छ।

थप