नेपाल होस्टल एसोसिएसन काभ्रेको अध्यक्षमा  निर्बिरोध बिष्णु लामा चयन 

  •   २ वर्ष अघि | ११ पुस २०७८, आइतवार,    

बनेपा - नेपाल होस्टल एसोसिएसन काभ्रे जिल्लाको दोस्रो अधिबेशन बनेपामा सम्पन्न भएको छ । 
शनिबार भएको जिल्ला अधिबेशन बाट पुन दोस्रो कार्य कालको लागि बिष्णु बहादुर लामाको अध्यक्षतामा नयाँ कार्य समिति निरबिरोध चयन भएको हो ।
नेपाल होस्टल एसोसिएसन काभ्रे जिल्लाको दोस्रो अधिबेशन बाट अध्यक्षमा बिष्णु लामा, 
उपाध्यक्ष चन्द्र लक्ष्मी श्रेष्ठ, सचीव रमेश सापकोटा, सह सचीव तेज लक्ष्मी श्रेष्ठ, कोषाध्यक्ष अनुषा रन्जितकार निरबिरोध चयन भएको छ । जिल्ला कार्य समितिको सदस्यहरुमा रघु हुमागाइ र अनिता तिमल्सिना रहेकाछन् । नेपाल होस्टल एसोसिएसन काभ्रेमा सल्लाहकारहरुमा हरिगोपाल रन्जितकार र राकेश कार्की रहेको छ ।
नेपाल होस्टल एसोसिएसन काभ्रेको दोस्रो जिल्ला अधिबेसनमा केन्द्रिय अध्यक्ष भक्ति प्रसाद पाठकको प्रमुख अथित्यमा भएको थियो । 
उक्त जिल्ला अधिबेसन कार्यक्रममा बेल्दै प्रमुख अथिति पाठकले कोरोनाको कारणले गर्दा यो ब्यवासयमा ठुलो असर पुगेको बताए । पछिल्लो समयमा होस्टल ब्यवासायीहरुको एकताको लागि एकरुपता ल्याउनको लागि केन्द्र बाट हरेक तवरले सहयोग गरिदै आएको बताउदै यो पेशालाई सबै मिलेर सम्मानित ब्यवस्थित बनाउनको लागि सबै क्षेत्रहरुको सहयोग हुनुपर्ने बताए । नेपाल होस्टल एसोसिएसन केन्द्र निर्वामान अध्यक्ष चेतन दाहालले सबै खाले चुनौतीहरु रहेको ब्यवासयीहरुको हक हितको लागि केन्द्रले सकेको सहयोग गरिने बताए । कार्यक्रममा नेपाल होस्टल एसोसिएसन ललितपुको अध्यक्ष रेबिता क्षेत्री ,काठमाडौ जिल्ला अध्यक्ष राजु भुजेल लगायतले मन्तब्य राख्नु भएको थियो । 
अधिबेशन बाट निर्वाचित बिष्णु बहादुर लामाले पहिलो कार्यकाल कोरोनाको कारण धेरै काम हुन नसकेको अबको नयाँ नेतृत्वले काभ्रेमा रहेका होस्टल ब्यवासयीहरुको हक हितमा काम गरिने बताए । जिल्लामा रहेका सबै होस्टल ब्यवासायीहरुलाई एकतामा जोड्दै उनिहरुको हक हित हुने कार्यहरुमा निरन्तर लागि रहने निर्वाति अध्यक्ष लामाले प्रतिवद्धता जनाए । 
नेपाल होस्टल एसोसिएसन काभ्रेको दोस्रो जिल्ला अधिबेसनमा केन्द्र बाट निर्वाचको लागि खटिनुभएका अध्यक्ष, पुर्व अध्यक्ष, महासचिब लगायतले टिका खादाले बधाई ज्ञापन गरिएको थियो ।

थप