बनेपा नगरपालिकामा विकास छ - "जनप्रतिनिधि" विकास छ तर  विकासको महसुस हुन सकेन- "सर्वसाधारण"

  •   ३ वर्ष अघि | २१ भदौ २०७८, सोमवार,    

काभ्रे । काभ्रेपलान्चोक जिल्ला बनेपा नगरपालिकामा जबसम्म पुलबजार देखि बुडोल सम्म दायाँ बायाँ सडकलाई पिच गरेर सडकको र ढलको व्यवस्था राम्रो गर्ने सक्दैन जति नै अरु क्षेत्रमा विकास गरेपनि समग्र विकास देखिने क्षेत्र नै यहि हो।
बनेपाको सबै जसो क्षेत्रमा विकासले गति लिएको देख्न सकिन्छ । चण्डेश्वरी देखि गोसाइँकुण्ड सम्म सिडि, बनेपाको भित्रि बजारमा पिच, पदमार्ग,फिल्म सिटीको परिकल्पना , गाउँ गाउँमा बाटो ढलान,पर्यटन क्षेत्र लाई प्रथामिकता सबै जसो क्षेत्रमा विकासका कार्य अगाडि बढेको छ।

करिडोर लाई निरन्तरता दिन नस्कनु पनि विकासमा बनेपा नगरपालिकालाई धक्का पुग्नु हो।
 बनेपा नगरपालिकाले विकासे कार्य गर्ने नसकेको कि गर्ने नचाहेको कि गरेका विकासे कार्यलाई संरक्षण गर्ने नसकेको कि भएका कार्यलाई जनतासामु पुर्‍याउन नसकेको यी र यस्तै प्रश्न अहिले बनेपा नगरवासी प्रत्येकको मुख मुख बाट सुन्न सकिन्छ ।
बनेपा नगर क्षेत्र प्राचीन सभ्यता बोकेको एक व्यापारीक क्षेत्र हो। यहाँ प्राचीन सभ्यता झल्काउने मठमन्दिर , पाटी पौवा हरु धेरै नै भेटिन्छन् । तर संरक्षण नभएर जिर्ण बन्दै गएको पनि देख्न  पाइन्छ । 
विगत २० बर्ष सम्म स्थानीय निकायमा नेतृत्व विहिन हुदा  र अहिले केही फरक त देखिन्छ। तर अपेक्षित विकास भने हुन सकेन।
 जननिर्वाचित नेतृत्व हुदा केही हद सम्म विकास भएको छ तर यस्ता प्राचीन  सम्पदाहरुको संरक्षणमा पनि ध्यान दिनुपर्ने देखिन्छ । 
यस्ता सम्पदा भनेको सिङ्गो बनेपालाइ चिनाउने सम्पदा नभइ हाम्रो देश नेपाललाई नै चिनाउने पुरातात्त्विक सम्पदा हुन भनेर हेक्का राख्न जरुरी देखिन्छ ।
बनेपा नगरपालिकामा १४ वडा छन् गाउँमा धेरै नै विकासे कार्य भएको देख्न सकिन्छ । तर विकास त भयो कस्तो तरिका बाट काम भयो भनेर पहिला निरिक्षणमा कोहि जादैनन् । काम सकेपछि खबर आउछ अनि अनुगमन को नाममा भत्ता पकाउने कार्यकर्ता फकाउने गर्दै आफ्ना कार्यकर्ता पोस्ने काम गर्दै आएको जनगुनासो पनि सुन्न पाइन्छ ।
कतै भने निर्वाचित वडा अध्यक्षले नै ठेक्का आफ्नोे मान्छेलाई दिने अनि कमिशन खाने गरेको पनि सुन्न पाइन्छ ।
धेरै जसो बनेपाको क्षेत्र विकास भएको छ।तर कहाँ कुन विकासलाई प्रथामिकतामा राख्ने क्षेत्र अनुसार र भुगोल अनुसारको विकास को अध्ययन हुन नसक्नुले दीर्घकालीन पुर्वाधार विकास हुन सकेन खालि बाटो बनाउने भन्ने तर गुणस्तरीय बाटो भने नबनाउने कतिपय क्षेत्रमा त आज बाटो खन्यो भोलि बाढी आएर बाटो नै हुदैन ।
यसले गर्दा पर्यटन विकास लाई जोड दिने र पर्यटक भित्र्याउने  हो र विकास गर्न हो भने । समृद्धि हाम्रै पालामा आउछ ।
नत्र समृद्धिको सपना जनतालाई देखाएर टाठा बाठा हरुले महल बनाउछन।दुखि  जनता जहाको तहि विकास गर्ने संकल्प चाहिन्छ अनि विचार नत्र जति गरेपनि विकास देखिदैन ।
बनेपालाइ साच्चिकै सफा सुन्दर र व्यवसायिक क्षेत्र बनाउने हो भने बनेपा पुलबजार देखि बुडोल क्षेत्रको सडकलाइ तीन ल्यान बनाएर व्यवस्थित गर्ने सकियो भने बनेपामा मानिसहरूले हेर्ने दृस्ठिकोण नै सकारात्मक हुन्छ भन्ने जनमानसको भनाइ छ।

थप