निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

बोलेर हैन काम गरेर देखाउछु : एस.पि भुपेन्द वहादुर खत्रि

  •   ६ वर्ष अघि | ७ माघ २०७७, बुधबार,    

काभ्रे,जिल्ला प्रहरी कार्यालयमा कार्यलय प्रमुखको रुपमा(एस.पि)  भुपेन्द्र वहादुर खत्रीको आगगमन भएको छ। उहाँलाई अनुसन्धान मा धेरै नै दंखल राख्ने प्रहरीको रुपमा पनि बुझिदै आएको छ। 

 काभ्रेमा आएर एक पत्रकार भेटघाटमा उहाले भन्नुभएको । म यसो गर्छु उसो गर्छु भनेर  भन्दिन समस्या छन् भने प्रहरी परिधिभित्र रहेर समस्या लाई निमित्यान्न पार्न छु।  कुनैपनि प्रकारको आर्थिक लेनदेन  हुन नदिने बताउनु पनि भयो ।


पत्रकारहरुको भेटघाट कार्यक्रममा एस.पि खत्रीले भन्नुभयो  “प्रहरी र पत्रकारहरु बिच राम्रो  सम्बन्ध  हुनुपर्छ 

प्रहरी भनेको जनताको प्रतीनिधि हो, त्यसैले काभ्रेली जनताको अपेक्षा अनुसार कार्य गरेर सहि ढंगले शान्ति सुरक्षा कायम गर्छौ। जनताले वहा -वहा  प्रहरी भन्ने गरि  कार्य गरेर अगाडी बढ्ने र  छ्या प्रहरी भन्ने मौका नआउने तरिकाले काम गर्न हाम्रो टिम लाई अगाडि बढाउनेछौ , एस.पि खत्रिले भन्नुभयो ।

पत्रकार भेटघाटको क्रममा पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतीराम तिमल्सिनाले काभ्रे मा ट्राफिक प्रहरी नै नभएको आभाष दिनुभयो उहाले भन्नुभयो फुटपाथमा व्यापारीक प्रयोजनको सामान थुपारेर अस्तव्यस्त भएको छ , काभ्रेका ट्राफिक प्रहरी छैन जस्तो भान भएको छ , राजमार्ग अस्तव्यस्त रहेको, स्थानिय तहहरुमा रहेका नगरप्रहरीले सडक तथा सडक पेटीमा रहेको अस्तव्यस्तलाई नियन्त्रण गर्न नसकेकोले जिल्ला प्रहरीको जिम्मेवारी सम्हाल्न आउनु भएका एस.पि खत्रिले यश बिषयमा ध्यान दिनुपर्ने बताउनु भयो ।

थप