नागरिकको सवाल र गुनासो सम्बोधन गर्दै पनौती नगरपालिका

  •   २ वर्ष अघि | ८ चैत्र २०७८, मङ्लबार,     मणिराम दाहाल

पनौती – नागरिकको सवाल र गुनासो सम्बोधन गर्ने विषयमा हर सम्भव पुरा गर्ने गरी पनौती नगरपालिका लागीरहेकाछन् । नगरिकहरुको घरदैलोको सरकार पनौति नगरपालिका र समुदायिक सारराथी बिच सोमबार नगरपालिकामा साझेदारी मञ्च बैठक सम्पन्न भएको छ । उपप्रमुख गिता बञ्जरा को सभाअध्यक्षतामा भएको बैठकमा बिशेष उपस्थिती पनौति नगरपालिका नगर प्रमुख मेयर भिम न्यौपानको उपस्थिती रहेको थियो । 

बैठकमा नगरिकको सवालमा जंगली जनावरबाट हुने बालिनालि क्षतिको क्षतिपुर्ति दिन पहिलो अभ्यासको रुपमा काभ्रेमा शुरु गरेको नगरमा पछिल्लो समय बालि नालि  क्षतिको सवालमा निमार्ण गरेको कानुन समेत कृषक मैत्रि बनाउनको लागि नगर लागिपरेका छन् । 

पछिल्लो समयमा सामुदायिक सरकारी विद्यालयमा वितरण गरीएको स्यानेटरी प्याड गुणस्तर नियमित परिक्षण सहितको अभ्यासमा रहेको नगरपालिकाको छात्रा बालिकाकाहरुमा पछिल्लो अपेक्षा विद्यालयमा प्रयोग पश्चात विर्सजन गरिने स्यानेटरी प्याड डिस्पोजल गर्ने बाताबरणका लागी विद्यालय परिवार तथा विषयगत शाखा लाग्ने र महिनावारीको समयमा पनि नियमित पठन पाठनमा सहभागिता गराउने कार्यमा नगरको शिक्षा तथा स्वास्थ शाखाको कार्ययोजना सहित अगाडी बढने र तत्काल कार्यान्वयनमा हरेक सामुदायिक सरकारी विद्यालय तथा निजि बिद्यालयमा समेत शिक्षा शाखाबाट आवश्यक निर्देशमार्फत बालमैत्रि नगरलाई अझ व्यवस्थित गर्ने निष्कर्शमा साझेदारी मञ्चको बैठकमा छलफल गरिएको छ । 

विद्यालय तथा समुदायको पानीको मुहानलाई समेत स्वच्छता परिक्षण र स्वास्थमा सुनिश्चित गर्ने गरी नगरपालिकाको ध्यान आकर्षष सहित प्रतिबद्धता जनाएको छ । आन्तरिक राजश्वको दायरामा नआएका मदिरा उत्पादक, विक्रेका र उपयोग कर्ताको कारण मानव अधिकार मैत्रि नगर निमार्ण तथा सुरक्षा र स्वास्थको चुनौतीको कारण सुरक्षा संयन्त्रको समन्वयमा आवश्यक प्रकिया नियमित रुपमा सञ्चालन गर्ने भएको छ जसबाट महिला तथा बालबालिकाको हिंसाको अवस्थालाई समेत न्यूनिकरण गराउने कार्ययोजना नगरपालिकाले अघि बढाउने छ । 

विपत व्यवस्थापनमा हरेक वडामा रहेको विपद व्यवस्थापन समिति सहित आवयक जनशक्तिलाई दिईएको तालिमलाई नि.मा.वि तथा मा.वि तहका बालबालिकालाई समेत सहभागि गराई पनौति नगरपालिका भित्र हुने गरेको कृतिम तथा प्राकृति विपतमा खोज उद्धार पुनस्थापन कार्यमा लगाउने सहित जोखिममा रहेको व्यत्तिःलाई पुनस्थापन समेत गर्ने गराउने कार्यलाई बैठकमा छलफल गरिएको छ । 

पनौति नगरपालिका क्षेत्रको स्थायि नभै अन्य पालिकाबाट आएर बसोवास गर्ने सडक बालबालिकालाई आवश्यक रुपमा पुनस्थापन तथा विद्यालय प्रबेश गराई बेवारिसे सडक बालबालिका तथा बेवारीसे सडक मानव मुक्त शहर बनाउनेमा ध्यान केन्द्रित सहित कार्य तत्काल अगाडी बढाउने निर्णय बैठकले गरिएको छ । 

बैठक छलफलमा शिक्षा शाखाका महेश्वर जंगम, स्वास्थ शाखाका पुरुषोत्तम तिमल्सिना, कृषि शाखाका मणि प्रसाद सापकोटा महिला तथा बालबालिका शाखा राममाया श्रेष्ठ, बरिष्ट प्रसासकिय अधिकृत ईन्द्र प्रसाद अधिकारी तथा प्रमुख प्रसासकिय अधिकृत प्रदिप पौडेलको उपस्थितिमा बैठक छलफल सामुदायिक सारथिका जिल्ला संयोजक भेषराज दनुवारले सहजिकरण गरिएको थियो । साथै दायित्व नेपालका काभ्रे जिल्ला फेलो रोजन तामाङले पनौति नगरको किसान मैत्रि देखि नागरिक मैत्रि र आत्म निर्भर नगर बनाउने बिषयमा गरिएको अभ्यासलाई राष्ट्रिय महत्वमा पछाडी परेको सवाललाई उजागर गर्ने हो भने पनौतिको अभ्यास उपयोग र प्रयोगबाट पनौति मात्र नभैं सिंगो जिल्ला आत्म निर्भर बन्ने र नमुनाको रुपमा जिल्लाको पहिचान बनाउन सकिने गरी खोज प्रतिबेदन गर्न सबै निकायलाई अनुरोध गरिएको थियो ।

थप