नेकपा एमाले काभ्रे जिल्ला कमिटीको प्रथम बैठक सम्पन्न : तोकियो इन्चार्ज 

  •   २ वर्ष अघि | ९ फाल्गुन २०७८, सोमवार,    

काभ्रे । नेकपा एमाले काभ्रे जिल्ला कमिटीको प्रथम बैठक सम्पन्न भएको छ।
बैठकमा १०५ जना जिल्ला कमिटी चयन भए सँगै सपथ ग्रहण पनि सम्पन्न भएको छ ।
कोरोना भाइरस संक्रमणले गर्दा  निर्वाचित भएसँगै सपथ ग्रहण हुन सकेको थिएन । 
नेकपा एमाले काभ्रे जिल्ला  इन्चार्ज गोकुल बास्कोटाले नगर र गाउँ कमिटी इन्चार्ज तोकेका छन्।
बनेपा नगर इन्चार्ज हरिशरण दाहाल, पनौती इन्चार्ज गिता बन्जरा ,धुलिखेल इन्चार्ज कमला काफ्ले ,बेथानचोक इन्चार्ज सुर्दशन थापा, मण्डनदेउपुर इन्चार्ज विदुर प्रसाद सापकोटा ,पाचँखाल इन्चार्ज कञ्चन अधिकारी ,चौरी देउराली इन्चार्ज विक्रम चौलागाईं ,नमोबुद्ध इन्चार्ज पवित्रा भुर्तेल , सह-इन्चार्ज राकेश लामा,खानिखोला इन्चार्ज रुकमणी गुरुङ,तेमाल इन्चार्ज जेनिस लामा,रोशि इन्चार्ज हरिकुमार मैनाली ,भुम्लु इन्चार्ज प्रेम लामा तोकिएका छन्।
महाभारत को भने तोक्न बाकि रहेको बताइएको छ।

थप