एमाले काभ्रेको अधिवेशन : बन्द सत्र सुरु 

  •   २ वर्ष अघि | २४ पुस २०७८, शनिबार,    

काभ्रे - धुलिखेल नेकपा एमाले काभ्रेको दशौं जिल्ला अधिवेशनअन्तर्गत बन्द सत्र सुरु भएको छ ।
बिहान ८ बजेदेखि सुरु हुने भनिएको बन्द सत्र मध्याह्न १२ बजेमात्रै सुरु भएको हो । धुलिखेल नगरपालिकाको सभाहलमा सुरु भएको बन्द सत्रमा अहिले नेताहरूले बोल्ने क्रम चलिरहेको छ ।
बन्द सत्रपछी आजै नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु गर्ने तयारी भइरहेको छ । करिब १४ सय प्रतिनिधि सहभागी एमाले काभ्रेको अधिवेशनमा जिल्ला कमिटीमा निर्वाचित हुन चाहने आकांक्षीहरू भोट माग्न समेत व्यस्त देखिएका छन् ।
दशौं अधिवेशन को सन्दर्भ पारेर एमाले काभ्रेले नयाँ नेतृत्व प्रदान गर्दै छ।
यतिबेला को कुन पदमा भिड्ने भन्ने होडबाजी जस्तै भित्र भित्र चलिरहेको अबस्थामा सर्वसम्मत नेतृत्वको पहल हुने देखिन्छ ।
यद्यपि चुनाव हुने अबस्थामा पनि हाइटेक प्रविधिको प्रयोग गरि मतदान गर्ने व्यवस्था मिलाइसकेको काभ्रे एमाले बताएको छ।

थप