मकवानपुरको हेटौंडा बजारमा ३३ करोड बराबरको लगानीमा अन्तर्राष्ट्रिय सुविधायुक्त होटल

  •   १ वर्ष अघि | १ कार्तिक २०७९, मङ्लबार,     एक्टिभ मिडिया संवाददाता

मकवानपुर  । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–११ सहीद स्मारकमा ३३ करोड लगानीमा निर्माण भएको अन्तर्राष्ट्रिय स्तरको  सुबिधा सम्पन्न होटल सञ्चालनमा आएको छ । 

बागमती प्रदेशको राजधानी हेटौंडामा रहेको मनोरम पर्यटकीय क्षेत्र सहिद स्मारक नजिकै सुबिधा सम्पन्न भव्य  होटेल सञ्चालनमा आएको  हो ।


चार जना नेपाली  युवाहरुको लगानीमा होटल स्मारक खुलेको हो । देश सङ्गै बिदेशमा पनि चर्चा बटुल्दै गरेको सहिद स्मारकमा आएका पर्यटकहरुलाई लक्षित गरि यो होटेल संचालन गरीएको होटल सञ्चालक मध्ये एक सञ्चालक बालकृष्ण बजगाईले बताउनुभयो ।


 प्रदेशको राजधानी भएपछि मानिस हरुको चहलपहल धेरै हुने र होटल नपाउने ,  समस्या देखिएकोले सर्वसाधारणलाई लक्षित गरि  होटल खोलीएको होटल सञ्चालक बालकृष्ण बजगाईले बताउनुभयो ।



हेटौंडा बजारको भिडभाड भन्दा पनि शान्त वातावरण नै यो होटेलको बिषेशता रहेको छ । १२ कठ्ठा ११ धुर क्षेत्रफलमा फैलिएको होटेलको निर्माण लागत ३३ करोड रहेको छ । होटलमा ३५ सय रुपैयाँ देखि १८ हजार रुपैयाँ सम्मका कोठा उपलब्ध रहेको उहाँले बताउनुभयो । ३ सय जना क्षमताको बेन्क्युट हल, १५० जना क्षमताको कन्फ्रेन्स हलसहितको सुबिधा पनि उपलब्ध गरिएको छ ।


यस्तै हप्ताको ७ दिन नै संचालन हुनेगरी स्विमिङ पूल र यथेष्ट पार्किङको पनि सुबिधा पनि ब्यबस्थापन गरिएको छ । होटेलहरुको भिडमा फरकपन दिने उद्देश्यले बाहिरबाट आधुनिक डिजाईनमा तयार गरिएको छ । होटलमा मौलिकता झल्कने गरि काठका डिजाइनहरुलाई समावेश गरिएको छ ।

कतिपय होटेलहरु सुत्नको लागि मात्र प्रयोग हुने खाना खानको लागि अन्यत्र जानुपर्ने अवस्थाको अन्त्य गर्दै रेस्टुरेन्टको सुबिधा प्रदान गर्दै सुपथ मुल्यमा खानाका परिकारहरु उपलब्ध गराउन पनि होटेल सदैव तत्पर रहेको छ ।

थप