काभ्रे । नेपाली कांग्रेसको आसन्न १४ जिल्ला अधिवेशनमा सभापति पदको लागि तिर्थ लामा र अच्युत पौडेलको भिडन्त हुने देखिएको छ।, त्यागको राजनिती गर्दै चार दशकदेखि अहोरात्र नेपाली कांग्रेसमा खटिनु भएका अग्रज राजनितीज्ञ नेपाली कांग्रेस काभ्रेका उपसभापति अच्युतप्रसाद पौडेलले सभापति पदमा उम्मेदबारी घोषणा गर्नुभएको छ ।
उहासँग प्रतिस्पर्धा गर्ने तिर्थ लामाले दुई हप्ता अगाडि नै उम्मेदवारी दिनुभएको थियो। अब जिल्ला सभापति को बाझि कसले मार्ला हेर्ने बाकिँ छ। त्यागको राजनिती गर्ने पौडेलको उम्मेदबारीले इमान्दार कार्यकर्ताहरु निक्कै उत्साहित देखिएका छन् । कांग्रेसलाई निरन्तर जोगाउन, बैचारिक रुपमा सशक्त रुपमा अघि बढाउन २०४७ सालदेखि २०७८ सालसम्म आईपुग्दा अच्युतप्रसाद पौडेलको नाँउ सुनौली अक्षरले लेखिएको छ । निरन्तर रुपमा पार्टीको जिल्ला समितीमा रहेर उहाँले पार्टीलाई अतुलनीय योगदान दिनुभएको छ । जसको कारणले पटक पटक कांग्रेस काभ्रेमा स्थापित हुन मद्धत पुगेको छ ।
२०३६ सालदेखि नेबिसंघको राजनिती मार्फत आफुलाई राजनितीक कार्यकर्ताको रुपमा अघि सार्नुभएको पौडेलले अहिलेसम्म पनि कुनै लोभ र लालच नगरी पार्टीलाई आवश्यक परेको समयमा मन, धन र कर्मले सहयोग गर्नुभएको छ । किशोर अवस्थादेखिनै पार्टीको काममा लाग्नु भएको उहाँले कहिल्यै पनि जागिर खानु पर्छ भनेर सोच्नु भएन । परिवार पाल्नको लागि व्यापार व्यवसाय गर्नुभयो । त्याग र निष्ठालाई निरन्तर जीवनमा लागू गरिरहनु भयो । उहाँको आर्दशले समाजमा धेरै कुरा सिकेको छ ।
२०४८ सालमा काभ्रेका चारवटा निर्वाचन क्षेत्रमा क्षेत्रीय सभापति बन्नेमध्येको एक हुन्ुहुन्थ्यो पौडेल । उहाँसँगै मधुप्रसाद आचार्य, शिवप्रसाद हुँमागाई, शंखबुद्ध लामा क्षेत्रीय सभापति हुनु भएको थियो । करिब २१ बर्षसम्म क्षेत्रीय सभापति बनेर सो क्षेत्रको संगठन निर्माणमा उहाँले खेलेको भुमिका कांग्रेसका कार्यकर्ताले राम्रोसँग बुझेका छन् । आठौ महाधिवेशनदेखि ११ औ महाधिवेशनसम्म उहाँ क्षेत्रीय सभापति बनेर पार्टीलाई निरन्तर योगदान दिनुभयो । सोही महाधिवेशनदेखि हालको १४ औै महाधिवेशनमा समेत महाधिवेशन प्रतिनिधी भैसक्न्ु भएको छ ।
२०४७ साल माघ १३ देखि हालसम्म उहाँले जिल्ला समितीमा रहेर काम गरिरहनु भएको छ । नेपाली कांग्रेसको संगठन विभागमा रहेर काम गरेको अनुभव पौडेलसँग छ । उहाँ नेपाली कांग्रेस काभ्रेको सहसचिव, सचिव बन्दै अहिले उपसभापतिको भुमिकामा हुनुहुन्छ । धेरै संसदीय निर्वाचन, स्थानीय तहका निर्वाचनमा उहाँले निर्वाचन कमाण्डर बनेर धेरै नेताहरुलाई विजयी गराउनुभएको छ ।
आसन्न नेपाली कांग्रेसको निर्वाचनमा पटकपटक अरुको लागि सहयोग गरेका पौडेलले यस पटक भने आफै सभापति बन्ने भन्दै उम्मेदबारी दिएका पौडेलको पक्षमा असली कार्यकर्ता देखिएका छन् । खुसीयाली छाएको छ र जिताउन योजना बनाउन थालेका छन् ।
पौडेल टुप्पोबाट हैन फेदैबाट पलाएको नेतृत्व भएकाले त्यस्तो गर्विलो नेतृत्व पाउने भएपछि कांग्रेसका कार्यकर्ता दङ्ग छन् ।
निर्वाचनमा उम्मेदबारी घोषणा गरेसँगे पौडेलले आफुले नेपाली कांग्रेसमा लाग्ने निष्ठाबान कार्यकर्ताको लागि र उहाँहरुको आत्मसम्मानको लागि सभापति पदमा उम्मेदबारी दिएको भन्नुभयो । मैले अग्रजलाई निरन्तर सम्मान गरे अब मेरो पनि सभापति बन्ने समय आएकाले सो पदमा उम्मेदबारी दिएको हुँ पौडेलले भन्नुभयो । जित नजिक छ अग्रजको योजनालाई निरन्तर अघि बढाउने उहाँले भन्नुभयो ।
उहाँले अग्रज नेताहरुको सम्मानका लागि आफूले उम्मेदबारी दिएको बताउँदै काभ्रेका राजदास, गोपालदास, सप्तलाल,श्रीराम कर्माचार्य लगायत काभ्रेका तमाम अग्रज नेताहरुको सम्मानको लागि आफू अघि बढेको बताए । उहाँले अग्रजको बिचार पछ्याउनको लागि र उहाँहरुको उदेश्य परिपुर्तीका लागि उम्मेदबार बनेर विजयी हुने भन्नुभयो ।
य्ुवाहरुलाई प्रोत्साहन दिनका लागि हो र युवाहरुलाई समय अनुसारको अवसर दिनको लागि उम्मेदबारी घोषणा गरेको भन्दै निष्ठाको राजनिती गर्नको लागि उम्मेदबारी दिएको स्पष्ट पार्नुभयो । उहाँले आफु कहिल्यै पनि कमाउनको लासि पार्टीमा आएको नभएर सर्मपणका लगि आएको भन्नुभयो । आसन्न निर्वाचनमा त्याग र निष्ठालाई जोगाउँदै कांग्रेसको विरासत कायम राख्नको लागि आफूलाई र आफ्नो टिमलाई मतदान गर्न अनुरोध गर्न्ुभयो ।
निरन्तर खबरदारीता न्यायीक पत्रकारीता
जिल्ला सभापति पदको लागि तिर्थलामा र अच्युत पौडेलको भिडन्त
- ५ वर्ष अघि | ८ मंसिर २०७८, बुधबार,