निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

काभ्रेमा "शिव हुमगाई प्यानल"- "मधु आचार्य प्यानल" भन्दा निकै मजबुत

  •   ५ वर्ष अघि | १ मंसिर २०७८, बुधबार,    

काभ्रे। नेपाली कांग्रेसको १४ औ महाधिशेवनको मिति नजिकिएसँगै काभ्रे कांग्रेसमा अधिवेशनको गर्मी बढ्न थालेको छ। यसै क्रममा आज काभ्रे कांग्रेसले काभ्रेको सभापतिमा तीर्थ लामाको उम्मेदवारी घोषणा गरेको छ।
शिव-तीर्थ प्यानलले आगामी सभापतिका लागि लामालाई सभापतिको उम्मेदवारमा घोषणा गरेको हो।शिव-तीर्थ प्यानलले काभ्रेको जिल्ला सभापति सहीत पदाधीकारी, दुबै संघिय निर्बाचन क्षेत्र, ४ ओटा प्रदेश निर्बाचन क्षेत्र र क्षेत्रिय समिती घोषणा गरेको छ। कांग्रेसको केन्द्रीय निर्वाचन समितिले पछिल्लो समय चौथोपटक निर्वाचनको मिति हेरफेर गर्दै नयाँ कार्यतालिका सार्वजनिक गरेपछि जिल्लामा अधिवेशनको माहौल एकाएक तातेको हो।
अधिवेशनको नयाँ मिति तय भएसंगै नेताकार्यकर्ताहरु उत्साहित भएर आपसी भेटघाट,सामूहिक जमघट,छलफल र बैठकलाई तीव्रता दिन थालेका छन्। जिल्ला र क्षेत्र बिभिन्न पदमा नेतृत्वका लागि आकांक्षीले औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेका छन भने आफ्नो पक्षमा चुनावी नतिजा ल्याउन लागि दौडधुप गरिरहेका छन्।
नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन आउदो मंसिर २४ गतेदेखि २६ गतेसम्म काठमाडौं हुनेछ। मधु आचार्य प्यानल बाट महेश खरेलले क्षेत्र नं २ बाट प्रतिनिधि सभा २ को लागि आफुले उम्मेदवारी दिएको घोषणा गरेका छन्। यद्यपि मधु प्यानल ले अरु कुनै उम्मेदवार हरु सार्वजनिक गरेको छैन । प्रतिनिधि सभा २ मा महेश र सुन्दरमणि आचार्य को भिडन्त हुने देखिएको छ।
शिव-तीर्थ प्यानलले घोषणा गरेको उम्मेदवार                                  

जिल्ला सभापति : तिर्थ लामा

क्षेत्र नं १

सभापति : दिनेश लामा

सचिव : किशोर गिरि

सचिव : विद्या सागर लामा

सहसचिव : पदम बहादुर लामा

सहसचिव : गणेश अधिकारी

प्रदेश सभा (क)

सभापति : राम याेन्जन

उप सभापति : चन्द्रलाल दाेङ

 

उपसभापति :

सचिव : नवराज दहाल

सचिव : दावा फेन्चु लामा

सहसचिव : बसन्त तामाङ

सहसचिव : गाेकुल भुर्तेल

 

प्रदेश सभा (ख)

सभापति : चन्द्र बहादुर तामाङ

उपसभापति : सुदर्शन अधिकारी

उपसभापति : केशव बन्जरा

सचिव : रुपक महत

सहसचिव : विनाेद तिवारी

सहसचिव : राम ब घ्यावा

 

प्रतिनिधि सभा २

सभापति : सुन्दरमणि आचार्य

सचिव : राम जाेशी

सचिव : आनन्द सापकोटा

 

प्रदेश सभा ( क)

सभापति : हेम लामा

उपसभापति : जीवन खड्का

उपसभापति :

सचिव : उध्दव प्रसाद पाैडेल

सचिव : दमन अधिकारी

सहसचिव : रमिला बानियाँ

सहसचिव : आशाकाजी श्रेष्ठ

 

प्रदेश सभा ( ख )

सभापति : भगवान अधिकारी

उपसभापति : तारामान लामा

उपसभापति : कुमुदा वैध्य

सचिव : गिता प्र दुलाल

सचिव : रामहरि दहाल

सहसचिव : हरि थापा

सहसचिव : दिपक लामिछाने

थप